खेलकुद

चौथो बिक्रम राई स्मृती कप: ग्रामथानलाई ३-२ गोलले पराजित गर्दै राजारानी बिजय

धरान- १६ रंगशालामा आज शुक्रबारबाट चौथो बिक्रम राई स्मृती धरान भेट्रन फुटबल प्रतियोगिता सुरु भएको छ ।
धरान भेट्रन फुटबल क्लबका सस्थापक महासचिब तथा पुर्ब खेलाडी स्व.बिक्रम राईको स्मृति समुदघाटन खेलमा राजारानी भेट्रन धनकुटाले ट्याब्रेकरमा सुटआउट गर्दै ३-२ गोल अन्तरले बिजय बनेको छ।

उद्वाटन खेलमा राजारानीले ग्रामथान भेट्रान मोरङलाई पराजित गरेको छ। निर्धारित ६० मिनेटको खेलमा दुबै तर्फ कुनै गोल हुन नसक्दा खेलमा समय अभावका कारण आयोजकले ट्याब्रेकर मार्फत निर्णय लिएको थियो । राजारानी भेट्रान धनकुटाका जर्सी न १७ का दर्शनभक्त राजभट जर्सी न ११ का सुर्य कुमार लिम्बु जर्सी न १० का निरा लिम्बुले गोल गरे भने जर्सी न ९ का शेर बहादुर लिम्बुले प्रहार गरेको बल आउट भएको थियो। जर्सि न ७ का बिजय राईले प्रहार गरेको बल ग्रामथान भेट्रनका गोल किपर जर्सी न १ का सोहर लाल खवासले रोकेको थियो ।

ग्रामथान भेट्रान मोरङका जर्सी न १७ का निराजन बस्नेत,जर्सी न ५ का पिताम्बरधोज भट्टराईले गोल गरेका थिए भने जर्सी न ११ का रुद्र बहादुर खड्का र जर्सी न १० का अनन्त राम चौधरीले प्रहार गरेको बल गोल पोस्टमा लागेर फर्किएको थियो भने जर्सी न ९ का तेजमान लिम्बुले प्रहार गरेको बल राजारानीका किपरले रोके पछि ग्रामथान भेट्रन पराजय भएको हो ।

आजको खेलको म्यान अफ द म्याच राजारानी भेट्रान धनकुटाका जर्सी न १ का शिबजी बस्नेत घोषित हुँदै नगद १५ सय सहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेका हुन ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथी धरान उपमहानगरपालिकाका उपमेयर आईन्द्र बिक्रम बेघाले स्वा.बिक्रम राईको फोटोमा माल्यार्पण गर्नुका साथै परेवा उडाएर उद्घाटन गरेका थिए । क्लबका अध्यक्ष रोमी मोक्तानकाे अध्यक्षतामा भएको खेलमा एन्फा मानर्थ बरिस्ठ उपाध्यक्ष तथा अखिल नेपाल फुटबल संघ कोशी प्रदेश अध्यक्ष किशोर राई, अखिल नेपाल फुटबल संघ काेशी प्रदेश तथा धनकुटा फुटबल संघ अध्यक्ष मणि चेम्जोङ,वडा नं १६ का अध्यक्ष मुरारी भट्टराई, धरान १८ का वडा अध्यक्ष नरेन्द्र राई (प्रबिन),आयोजक क्लबका महासचिव सतिश केसी लगाएतका अतिथीहरुको उपस्थीती रहेको थियो।

चैत २४ गते शनिवार पहिलो खेल दिउँसो २ बजे देखि एभरेष्ट भेट्रन फुटबल क्लव र हाम्रो इटहरी भेट्रन फुटबल
बिच हुने छ। दोस्रो खेल दिउँसो ३:३० कन्काई भेट्रन फुटबल क्लव र सिधरा भेट्रन फुटबल क्लव बिच हुने आयोजकले जानकारी दिएको छ।

उक्त प्रतियोगितामा १२ टिम सहभागी हुनेछ र प्रथम पुरस्कार १ लाख ५ हजार, दृतिया पुरस्कार ६० हजार ट्रफी रहेको आयोजकले जानकारी दिएको छ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक