धरानलाई मिनी ब्राजिलको रुपमा चिनाएका बुढासुब्बा गोल्डकप शनिबारबाट २४ औं सँस्करण सुरु भएको छ । उद्घाटनमा निमन्त्रणा गरिएका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नआए पछि
चर्को आलोचाना भएको छ।
प्रमुख अतिथी नआए पछि बिशिष्ट अतिथिकारुपमा निम्त्याइएका एन्फा कोशी प्रदेश अध्यक्ष किशोर राईले नै रेफ्रीलाई वल हस्तान्तरण गरेर र गोल्डकपको बेलुन उडाएर खेलको उद्घाटन गरेका थिए।
उद्वाटन कार्यक्रमा बोल्दै राईले ‘हामी सबैले मानेको सरकार, आशा गरेको स्थानीय सरकार धरान उपमहानगरपालिकाका मेयर या उपमेयर यत्रो ठूलो कार्यक्रममा आउनुहुन्न यत्रो ठुलो महाकुम्भको प्रतियोगिता भइरहेको छ, तर खै उहाँको उपस्थिति ? किशोर राईले भन्नुभयो, बजेट पनि हात्तिको मुखमा जिरा जस्तो छुट्याएको छ । कुरा ठुलो ठुलो तर काम जिरो भइरहेको छ ।’
फुटबलको विकासलाई स्थानीय सरकारले गम्भीरतापुर्वक लिनुपर्ने उल्लेख गर्दै उनले त्यसो नगरे संघर्ष गर्ने पनि उनले चेतावनी दिए । बुढासुब्बा गोल्डकपलाई अन्तर्राष्ट्रिय आमन्त्रण भनिएपनि पूजी अभावले त्यो स्तरमा आयोजना गर्न नसकिएको उनको भनाई थियो । ‘सबैको गोल्डकपको हो यो । अन्तराष्ट्रिय भनेका थियौ तर त्यही किसिमको पूजी पनि चाहिन्छ,’ गोल्डकप आयोजक धरान फुटबल क्लबका संस्थापक तथा निवर्तमान अध्यक्षसमेत रहेका राईले भने ।
उद्घाटन समारोहमा उपप्रमुख आइन्द्रविक्रम बेघा भने उद्घाटन भए पछि पुग्नु भएको थियो । उहाँ पानवारी महोत्सवको उद्घाटन कार्यक्रममा सहभागी भएर प्रतियोगितामा पुग्दा ढिला पुग्नु भएको थियो । आयोजकले अतिथि आसन ग्रहण नगराए पछि उहाँ केही समय बसेर बाहिरिएका छन।
धरानको मेयरले खेल क्षेत्र र खेलाडीको अपमान गरेको भन्दै खेलप्रेमीहरुले गुनासो गरेका छन। फुटबल हेर्न आएका हरि तामाङले भने धरानमा भैरहेको यति ठुलो फुटबल प्रतियोगितामा मेयर सहभागी नहुनु, धरान फुटबल क्लवकै खेल हेर्न नआउनु खेलाडीहरुको अपमान हो स्थानीय सरकारको हैसियतले जतिसुकै बिजी भए पनि खेलाडीहरुलाई प्रोत्सान गर्न हसौला दिन आउनु भएको भए खेलाडी र हामी जस्तो खेल प्रेमी जनता मनोबल उच्च हुने थियो। अर्का सहभागीले यसरी हाम्रो धरानको खेल क्षेत्र र खेलाडीको कसरी बिकास हुन्छ भन्दै आक्रोश पोखे।