खेलकुद

हिसान बास्केटबल प्रतियोगितामा धरान उच्च विजयी

हिसान सुनसरी खेलकुद सप्ताहको बुधवार भएको बास्केटबल प्रतियोगिताको फाइनल प्रतियोगितामा छात्र र छात्रा दुवै प्रतिस्पर्धाको उपाधि धरान उच्चले चुमेको छ ।

प्रतियोगिताको छात्र र छात्रा दुवै बास्केटबल प्रतिस्पर्धाको उपाधि धरान उच्चका विद्यार्थीहरूले कब्जा गरेको हो । उपाधि सँगै धरान उच्चले बिहीबार कलेज परिसरमा विद्यार्थीहरूलाई सम्मान गरेको छ ।

हिसान बास्केटबलमा छात्रतर्फ सहभागी ८ स्कुललाई पछि पार्दै उच्चका विद्यार्थीहरू प्रथम भएको हो । छात्रातर्फ ३ स्कुल प्रतियोगिताको प्रतिस्पर्धामा सहभागी थिए ।

विजेता विद्यार्थीहरूलाई धरान उच्चका प्रिन्सिपल हेमचन्द्र अधिकारी र वीरेन्द्र मेमोरीयल कलेजका प्रिन्सिपल तारा बहादुर निरौला, धरान उच्चका अध्यक्ष शिवनारायण साहले खादा मालाले सम्मान गरेका हुन् ।

खेलाडीहरूलाई प्रोत्साहन गर्न सम्मान कार्यक्रमको आयोजना गरिएको प्रिन्सिपल अधिकारीले बताए

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक