गोधुली रनिङ कप फुटबल प्रतियोगिताको आज सोमबार भएको पहिलो खेलमा धरान-१८, धरान-३ लाई २-१ गोलले पराजित गर्दै विजयी भएको छ ।
दोस्रो खेलमा चरणको खेलमा धरान-११ धरान-१ लाई २-१ गोलले पराजित गर्दै विजयी भएको छ ।
खेलमा वडा १८ का निकेन राईले ४५ मिनेटमा गोल गरेका थिए । दोस्रो गोल विवेक परियारले खेलको ६८ औ मिनेटमा गरे । खेलमा वडा-३ का अनुप बस्नेतले खेलको ११ मिनेटमा गोल गरेका थिए ।
दोस्रो खेलमा धरान-११ का निर्मल भुजेलले १० मिनेटमा १ गोल गरे । अर्को गोल रिभास मास्केले ५३ मिनेटमा गरेका थिए । धरान-१ का यमन चेम्जोङले खेलको १५ मिनेटमा १ गोल गरेका थिए ।
खेलको म्यान अफ द म्याच धरान-१८ का विवेक परियार र धरान-११ का प्रवीण राई घोषित भए । उनीहरूलाई माउण्ट एभरेष्ट ट्रेनिङ सेन्टर प्रायोजित नगद १५/१५ सय रुपैयाँको चेक र जीएफएक्स रेस्टुरेन्टको ५/५ सय रुपैयाँको गिफ्ट ह्याम्पर प्रदान गरियो ।
विजेता तथा उपविजेता दुवै टिमको पुरस्कार रकममा धरान-१८ का वडाध्यक्ष प्रवीणकुमार राईले बाबा आमाको नाममा नगद २५/२५ हजार पुरस्कार प्रदान गर्ने भएका छन् ।