Uncategorized स्वास्थ्य/जिवनशैली

वीपी प्रतिष्ठानमा उपचार तत्काल सुरु नगरे नगरवासी विरोधमा उत्रिने

वीपी प्रतिष्ठानका पदाधिकारी बिचको खिचातानी र शिक्षक, कर्मचारीको स्वार्थ, गुटबन्दीका कारण प्रतिष्ठान बन्द हुने अवस्थामा पुगेकोप्रति चिन्ता व्यक्त गर्दै तत्काल अस्पतालको सेवा र पठनपाठन सुचारु नभएमा धरान नगरवासी विरोधमा उत्रन बाध्य हुने स्थिति आएको छ ।
उक्त कुरा धरान उपमहानगरपालिका वडा १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण) ले वडा कार्यालयबाट शुक्रवार जारी वक्तव्यमा जनाएका हुन ।

वीपी प्रतिष्ठानको अहिलेको स्थितिले ‘स्वास्थ्य उपचारको जनताको मौलिक हक’ खोसिन सक्ने अवस्था सिर्जना भएकोले त्यसको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने ध्यानाकर्षण गराउँदै वक्तव्यमा ‘आम धरानवासी बिरामी हुँदा आफ्नै आँगनको अस्पतालमा उपचारबाट वञ्चित हुने अवस्थाप्रति मूकदर्शक भएर बस्न नसकिने’ उल्लेख छ ।
पछिल्लो समय प्रतिष्ठानका चिकित्सक शिक्षक, कर्मचारीहरूको आन्दोलनले कामु उपकुलपति प्राडा.प्रह्लाद कार्कीलाई बर्खास्त गर्न माग गर्दै वीपीको उपचार सेवा, पठनपाठन अवरुद्ध गराउँदै आएको छ ।

उता कार्यकारिणी समितिको बैठकमा आन्तरिक बढुवा प्रक्रियाको बारेमा भइरहेको छलफल कुनै निर्णयमा नपुग्दै उच्च अदालत विराटनगरबाट बढुवा प्रक्रिया तत्काल रोकेर प्रतिष्ठान पक्षलाई अदालतमा हाजिर हुन अल्पकालिन अन्तरिम आदेश जारी भएको छ ।

वीपीको यस्तो अवस्थामा पदाधिकारी र शिक्षक, कर्मचारी दुवै पक्ष गम्भीर हुनुपर्ने कुरामा ध्यानाकर्षण गराउँदै वक्तव्यमा ‘आन्तरिक खिचातानी छोडेर तत्काल आफ्ना निकाय मार्फत शिक्षक, कर्मचारीले न्यायोचित बढुवा, र विद्यार्थीको पठन पाठन सुचारु गर्न समस्याको उचित समाधान निकाल्न शिक्षक, कर्मचारी र पदाधिकारीलाई आव्हान’ गरिएको छ ।

छुटाउनुभयो कि ?

धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।
धरान विशेष स्वास्थ्य/जिवनशैली

विपी प्रतिष्ठानका चिकित्सकहरूको सामूहिक राजिनामा 

विपि प्रतिष्ठान धरानका १सय ७७ जना शिक्षक लगायत चिकित्सकहरु द्वारा सामूहिक राजीनामा प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको छन । प्रतिष्ठानका