Uncategorized राजनिती

राष्ट्रिय सभा निर्वाचनको मतदान सुरू

बिहान ९ बजे देखि सातै प्रदेशका विभिन्न मतादान केन्द्रहरूमा मतदान सुरू भएको छ।

रिक्त हुन लागेको १९ स्थानमा आज निर्वाचन हुन लागेको हो। मतदान दिउँसो ३ बजेसम्म जारी रहनेछ।
मतदान सम्पन्न भएलगत्तै मतगणना सुरू गरी आजै परिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ।

राष्ट्रिय सभा निर्वाचनका लागि सात प्रदेशमा आठ वटा राजनीतिक दलका तर्फबाट ५१ जना उम्मेदवार छन्।
प्रदेश सभा सदस्य र नगरपालिकाका प्रमुख–उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष राष्ट्रिय सभाका मतदाता हुन्।

निर्वाचनमा सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र तोकिएको छ। फागुन २० गतेबाट रिक्त हुन लागेका २० पदमध्ये १९ पदमा आज निर्वाचन हुन लागेको हो। एक पद भने राष्ट्रपतिबाट मनोनीत गरिने छ।

निर्वाचनमा कुल दुई हजार ४७ मतदाता रहेको आयोगले जानकारी दिएको छ। कोशीमा ३६७, मधेसमा ३७४, वाग्मतीमा ३४७ मतदाता रहेका छन्। यस्तै, गण्डकीमा २३०, लुम्बिनीमा ३०५, कर्णालीमा १९६, सुदूरपश्चिममा २२८ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ।

छुटाउनुभयो कि ?

राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद
राजनिती

अनिश्चितकालिन धनकुटा बन्द गर्ने सयुक्त संघर्ष समितीको आव्हान(भिडियोसहित)

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले भोली मङ्गलवार देखी धनकुटा अनिश्चितकालिन बन्दको आव्हान गरेको छ । धनकुटाका ३