राजनिती

यातायात मन्त्रीको गाडीमा आगाजानी, प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु

ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर सुजन राउतको मृत्यु भएको छ। प्रहरीको गोली लागेर घाइते भएका युवाको उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको पुष्टि भएको छ।

ललितपुरको बालकुमारीमा भौतिक पुर्बधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा.२ झ ५८६१ को सवारी आगजनी गरिएको थियो । आन्दोलित युवाहरूले मन्त्रीको गाडीमा आगो लगाएका हुन् । मन्त्रीको गाडी पुर्ण जलेर नष्ट भएको छ।

यो भन्दा अगाडि शिव बिल्डीङमा परीक्षा दिएर फेल भएका बिद्मार्थीहरुले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले फारम भर्न नपाएको ३३ हजार युवाहरु आन्दोलित भएको थियो। उनिहरुले गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । स्थिति नियन्त्रणमा लिन गोली चलाउनु परेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिए ।

प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास पनि प्रहार गरेको थियो । आगजनीमा संलग्न १० जनालाई प्रहरीले पक्राउ समेत गरेको छ । घटनामा केही आन्दोलनकारी घाइते समेत भएको बताइएको छ ।

छुटाउनुभयो कि ?

राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद
राजनिती

अनिश्चितकालिन धनकुटा बन्द गर्ने सयुक्त संघर्ष समितीको आव्हान(भिडियोसहित)

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले भोली मङ्गलवार देखी धनकुटा अनिश्चितकालिन बन्दको आव्हान गरेको छ । धनकुटाका ३