धरान विशेष

मेयर साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको तस्बीर राख्न नमाने पछि कार्यपालिका बैठक स्थगीत।

धरान उपमहानगरपालिकका प्रमुख हर्कराज साम्पाङ राईले आफ्नै कार्यकक्षमा राखेको राष्ट्रपति र प्रधानमन्त्रीको तस्विर निकालेर किराँती राजा यलम्बरको तस्विर राखेपछि विवाद चरम उत्कर्षमा पुगेको थियो । विवादकै कारण आज बसेको बैठक समेत एजेण्डामै प्रवेश नगरी स्थगित भएको छ ।

विहीबार मेयर हर्क साम्पाङले आफ्नै कार्यकक्षमा भित्तामा टासिएको प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रपति रामचन्द्र पौडेलको तस्विर हटाएर किराती राजा यलम्बरको तस्विर राखेको थियो । यसको चर्चा धरानमा मात्र नभई सर्वत्र रहयो । लगत्तै आज शुक्रबार कार्यपालिका बैठक बस्यो तर कार्यपालिका बैठकमा एजेण्डा प्रवेश गर्न पाएन।

राष्ट्र प्रमुखको तस्बिर हटाईको कारण देखाई कार्यपालिका अधिकांश सदस्यले तस्विर पुन: टाँसिएको अवस्थामा मात्र वैठक बस्ने अडान लिए । तर मेयर हर्क साम्पाङले आफ्नो अडानलाई यथावत राखेपछि बैठक एजेण्डाभित्र प्रवेश नै नगरी स्थगित भएको हो ।

दिउँसो २ बजेबाट शुरु भएको कार्यपालिका बैंठकमा बैठकको शुरुवातमै धरान १६ का वडाध्यक्ष मुरारी प्रसाद भट्टराईले राष्ट्रपति र प्रधानमन्त्रीको तस्विर पहिलाकै ठाउँमा राख्न मेयर साम्पाङलाई अनुरोध गर्नुभयो । उहाँले फोटो यथावत स्थानमा नराखेसम्म बैठक अगाडि नबढ्ने चेतावनी दिनुभयो । यस्तै कार्यपालिकाका अर्का सदस्य एवं ७ नं. वडा समितिका अध्यक्ष जीवन सुवेदीले घरमा आफ्ना अभिभावकको उदाहरण दिँदै अभिभावकले आफ्नो कुरा नमान्दा अभिभावकलाई नै फाल्ने कतिसम्म सत्यता छ भन्ने प्रश्न गर्दै फोटो यथा स्थानमा नराखेसम्म बैठक सञ्चालन नगर्ने बताउनुभयो ।

यस्तै वडा नं. ६ का वडाध्यक्ष भुपेन्द्र भट्टराईले पनि यश प्रकार संबिधान खिलापमा गएर मेयर साम्पाङले धरानकै वेइज्जत गरेको प्रतिक्रिया दिनुभयो । उहाँले कही नभएको जात्रा हाडी गाउँमा भनेजस्तै संविधानमा उल्लेख भएको कुराको विपरीत उहाँ जान नमिल्ने र तुरुन्त फोटो साविकको ठाउमा राखे वैठक सुचारु हुने नत्र वैठक वहिष्कार गर्ने चेतावनी दिनुभयो ।

यस्तै कार्यपालिका सदस्य सिर्जना नेपाललले मेयर साम्पाङको अदूरदर्शिता तथा द्वैध चरित्रका कारण धरान दिनप्रतिदिन बद्नाम भएको बताउनुभयो । त्यसैगरि वडा नम्बर १९का अध्यक्ष पुर्ण लिम्बूले पनि हामी संविधानलाई मानेर जनप्रतिनिधि भएकाछौ यदि यसको विपरितमा हामी जादैनौ मेयर साहेबले संविधान मानेर हाम्रो अनुरोध न स्वीकारेसम्म बैठकमा सहभागी नहुने बताए ।
उहाँहरुमात्र हैन सबै कार्यपालिका सदस्य एउटै आवाज उठाएका थिए । उहाँहरुले फोटो साविककै ठाउँमा नराखेसम्म बैठक नबस्ने बताएका थिए । उनीहरुले विगतमा मेयर साम्पाङको वृक्षरोपण अभियानमा प्रधानमन्त्री स्वयम् सहभागी भएको स्मरण गराउँदै कारण वस आउन नभ्याउँदा फोटो नै हटाउनुपर्ने बाध्यता के थियो भनेर प्रश्न समेत गरेका थिए ।

अन्तिम जवाफमा मेयर साम्पाङले धरान उपमहानगरपालिकालाई राज्यबाट उपेक्षा गरेको प्रतिक्रिया दिनुभएको थियो । उहाँले आगामी पौष २० गतेदेखि ५ दिनसम्म हुन लागेको धरान उत्सवमा प्रधानमन्त्रीलाई आमन्त्रण गरे पनि अस्वीकार गरेको, खानेपानी, विमान स्थलमा असहयोग गरेका कारण केन्द्रका विरुद्धमा आन्दोलन स्वरुप फोटो हटाइएको जवाफ दिनुभयो।
अन्त्यमा कार्यपालिका वैठकबाट नै निर्णय गरेर प्रधानन्त्रीलाई पुन ः निमन्त्रणका लागि आवहान गर्ने प्रस्ताव मेयर साम्पाङले राखेपछि कार्यपालिका अधिकांश सदस्यहरुले फोटो साविककै ठाउँमा नराखे वैठक नबस्ने अडान लिएपछि बैठक स्थगित भएको् थियो ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।