इटहरी उपमहानगरपाकिकाका मेयर हेमकर्ण पौडेलले पत्रकारहरु सँग कुरा गर्दै आफ्नो नेतृत्वको स्थानीय सरकारलाई असफल बनाउन नेकपा एमाले पार्टी र उसका जनप्रतिनिधिहरू लागेको बताएका छन।
आज आफ्नो कार्यकक्षमा पत्रकार सम्मेलनको आयोजना गर्दै पौडेलले कार्यपालिका बैठकमा दुई तिहाई बहुमतको दम्भले आफै सहमति गरेर एजेन्डा पास गराउने एमाले जनप्रतिनिधिहरू बाहिर जनतामाझ भने मेयरलाई गलत देखाउने खालको प्रचारबाजी गरिरहेको आरोप लगाएका छन।
एमालेले नै दिएको सल्लाह बमोजिम कार्यपालिकाबाट दुई तिहाइ बहुमतका साथ पास भएको कर वृद्वीलाई बाहिर भने मेयरले कर बढाएको भनेर गलत प्रचार गरेको मेयर पौडेलको भनाइ छ, कर घटाउने विषयमा आफू सदैव सकारात्मक रहेको तर नगरसभा बैठकमा पटक पटक विवाद झिकेर मिति सार्न आग्रह एमालेकै जनप्रतिनिधिहरूले गर्ने विज्ञप्ती बाजी गरेर मेयरलाई दोषी बनाउने नेतका साथ मिती सारे भनेर प्रचार गरेको बताए।
कार्यपालिका बैठकमा पर्याप्त छलफल गरेर कर बढाउने प्रस्ताव पास गरिएको विषयलाई लिएर एमालेले बारम्बार दोहोरो चरित्र देखाउँदै कार्यपालिका बैठकमा पास गराउने बाहिर विरोध गरे जस्तो गर्ने एमालेको जनप्रतिनिधिहरूको तमासा हेर्दा हेर्दा वाक्क लागेको र बाध्य भएर आज पत्रकार मार्फत जनतालाई सत्य तथ्य जानकारी दिएको मेयर पौडेलले भने ।
सहमति र सहर्कायको सिद्वान्तमा अगाडि बढदा आफुलाई असफल बनाउन भित्र एक थरी र बाहिर अर्को थरी मान्छे लागेको र एमाले हरेक कुरामा भागबन्डा खाेज्छन कार्यपालिका बैठकमा उपस्थिति हुँदा पार्टीको चिट बोकेर आउनुहुन्छ उहाँहरू इटहरीलाई समृद्ध सहर बनाउने तर्फ कुनै ध्यान नै छैन जहिले पार्टीकै एजेन्डा ल्याउनुहुन्छ मेयर पौडेलले भने ।
जनताबाट निर्वाचित भइसकेपछि आफू जनताको हितमा उभिएर काम गर्ने बताउँदै मेयर पद अवसरले पाएको हुँदा यसलाई जनताकै भावना अनुसार सदुपयोग गर्ने प्रतिबद्धता जनाउदै मेयरको पद लिसके पछि मैले विकासका कार्यहरू होस या कुनै कर्मचारी भर्ना वा कुनै विषयमा पनि राजनीतिक भागबन्डाको अन्त्य गरेको छु मेलमिलाप सहमती र जनभावना अनुसार आफू अघि बढ्ने तर कुनै पार्टीको गोटी बनेर काम नगर्ने बताएका छन् ।