समाज

नमुना श्रुतीमार्ग टोलमा सुरक्षा समिती गठन

मन्त्रालय अन्तर्गत स्थानीय प्रहरीले समाजमा शान्ति सुरक्षा, लागुऔषध दुर्व्यसन अपराधजन्य क्रियाकलाप नियन्त्रण, न्यूनीकरणका लागि समुदाय स्तरमै सम्पर्क र समन्वय गर्न टोल टोलमा सुरक्षा समिति गठनको अभियानलाई तीव्रता दिएको छ ।
टोल सुरक्षा समिति गठनको अभियानमा वडा १५ का अध्यक्ष नरेश इङवारम सहित सामाजिक क्षेत्रका अगुवाहरू वडा स्तरीय सुरक्षा समितिका अध्यक्ष रमेश गजमेर, सुनसरी उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष गिरीधारी सापकोटा, सुवास खवास, लोकराज निरौला, टेक बहादुर लिम्बू, डाकमान राई, दिलकुमारी राई, कैलाश राई, राजेन्द्र दर्नाल, रत्नकुमार नेम्बाङको सक्रिय सहभागिता रहेको छ ।
वडाका अगुवाहरूले टोला सुरक्षा समिति गठनको भोलाहरूमा समुदाय स्तरमा गठन भएको समितिहरूको औचित्यमा प्रकाश पारेका थिए । उनीहरूले टोलहरूका शान्ति सुरक्षा नाजुक रहेको र बाहिरबाट आउने युवाहरूले स्थानीय युवाहरूलाई लागूऔषधको कुलतमा फसाउँदै गएकोले जोखिम बढेको बताए ।
यस्तो अवस्थाको विरोधमा बोल्दा उछृङखल युवाहरूले भौतिक आक्रमण गर्न सक्ने सम्भावना रहेकाले टोलको सुव्यवस्थाका लागि प्रहरीको सहयोग लिन जरुरी भएको अगुवाहरूले बताएका छन् । प्रहरीको सहयोग लिन समुदायले प्रहरीलाई पनि सहयोग गर्नका लागि सामूहिक भूमिका निर्वाह गर्न सुरक्षा समिति गठन गरिएको अगुवाहरूको भनाई छ ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले