धरान विशेष

भानुचोक बसपार्क स्मार्ट बसपार्कमा सारिँदै, असार १ देखि नयाँ वान–वे लागू हुने



धरान: धरान उपमहानगरपालिकाले भानुचोकस्थित पुरानो बसपार्कलाई धरान–८ मा निर्माण गरिएको स्मार्ट बसपार्कमा स्थानान्तरण गर्ने तयारीसँगै नयाँ यातायात व्यवस्थापन प्रणाली लागू गर्ने भएको छ।
कार्यपालिकाको जेठ २२ गतेको निर्णयअनुसार असार १ गतेदेखि भानुचोक आसपासको क्षेत्रमा वान–वे प्रणाली लागू गरिनेछ। सो निर्णयसँगै बसपार्क स्थानान्तरण प्रक्रिया पनि औपचारिक रूपमा अघि बढाइने भएको हो।
नयाँ व्यवस्था अनुसार माछाभौडीबाट सदन स्कुल,पिण्डेश्वरी चोक हुँदै बरगाछी–अरुण पेट्रोल पम्पसम्मको सडक खण्डमा वान–वे लागू हुने बजार अनुगमन अधिकृत बेद प्रसाद सापकोटाले जानकारी दिए।
सापकोटाका अनुसार रुट व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन मंगलबार स्थलगत अनुगमन गरिएको हो। अनुगमनका क्रममा सडक प्रयोगको अवस्था, ट्राफिक चाप तथा सम्भावित जाम हुने क्षेत्रहरूको अध्ययन गरिएको उनले बताए।
उनले रुट व्यवस्थापनलाई व्यवस्थित बनाउन आवश्यक सुधारका पक्ष पहिचान गर्दै आगामी दिनमा थप समन्वयात्मक कदम चालिने जानकारी दिए।
भानुचोक क्षेत्रमा लामो समयदेखि देखिँदै आएको ट्राफिक चाप घटाउने उद्देश्यले बसपार्कलाई स्मार्ट बसपार्कमा सार्ने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ। धरान–८ मा निर्माण सम्पन्न भएको स्मार्ट बसपार्क सञ्चालनका लागि आवश्यक पूर्वाधार तयारी पूरा भएको पनि जनाइएको छ।
नयाँ प्रणाली लागू भएपछि ट्राफिक व्यवस्थापन थप सहज हुने अपेक्षा उपमहानगरपालिकाले गरेको छ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।