
धरान: तेस्रो गोर्खा ट्रेल ब्लेजर १० किलोमिटर खुल्ला दौड प्रतियोगिता धरानमा सम्पन्न भएको छ। पुरुष तर्फ तेह्रथुमका सरोज लिम्बु र महिला तर्फ पाँचथरकी पुष्पा सेर्मा विजेता भएका छन् ।
आज शनिवार बिहान भएको प्रतियोगिता गोर्खा सिमेष्ट्रिज ट्रस्ट नेपालको आयोजनामा भएको हो । दौडको संयोजन धरान १८ वडा कार्यालय तथा धरान उपमहानगरपालिकाको सहयोगमा भएको हो । पुरुष उपाधि विजेता सुरज लिम्बुले ३४ मिनट ४५ सेकेन्डमा उक्त दुरी पुरा गरेका थिए । महिला विजेता पुष्पा सेर्माले ले ४५ मिनट ३४ सेकेन्डमा दौड पुरा गरेकी थिइन् । विजेता सुरजले नगद २० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे भने महिला विजेता पुष्पाले नगद २० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।
प्रथम हुने यी दुवै पुरुष र महिला धावक धाविकाले हङकङमा हुने आयोजना हुने सन् २०२६ हुने गोर्खा ट्रेल रनमा सहभागी हुन पाउने भएका छन् । प्रतियोगितामा पुरुष तर्फ दोस्रो हुने ओशन राईले ३६ मिनेट २ सेकेन्डमा र तेस्रो हुने स्काई लिम्बुले ३६ मिनेट ३८ सेकेन्डमा दुरी पार गरे ।
महिला तर्फ दोस्रो हुने दिपा बस्नेतले ४७ मिनेट ४४ सेकेन्डमा र तेस्रो हुने इन्द्रकला नेम्वाङ निक्कीले ४८ मिनेट ४२ सेकेन्डमा दुरी पार गरी उपाधि हासिल गरे । दोस्रो र तेस्रो उपाधि विजेता महिला तथा पुरुष खेलाडीहरूले क्रमशः जनही नगद १० ,हजार, ५ हजार, सहित मेडल प्राप्त गरे ।
विजेता तथा उपविजेताहरुलाई समापनका सभापति महेन्द्रकुमार राई, प्रदेश सभा सदस्य मिना श्रेष्ठ, नेपाल ओलम्पिक कमिटी सहमहासचिव पीताम्बर तिम्सिना, वडा २० का अध्यक्ष पदम लिम्बु, सुनसरी बास्केटबल सङ्घ अध्यक्ष नारायण सुवेदी, धरान १८ वडा सदस्य दिलकुमारी राईले पुरस्कार प्रदान गरे ।
जीवित वीर गोर्खा सैनिकको सम्मानमा आयोजना हुँदै आएको प्रतियोगिता धरान १८ स्थित रत्न चौक वाट सुरु भएको थियो । चौक वाट सुरु भएको दौड मङ्गलवारे, सर्दु पुल, भन्ज्याङ हुँदै गोर्खा स्मृति पार्कमा समापन भएको थियो । रनमा सुनसरी, झापा, मोरङ, उदयपुर, भोजपुर,तेह्रथुम, पाँचथर, धनकुटा लगायत जिल्लाबाट ४ सय बढीको सहभागी रहेका थिए ।
उक्त अवसरमा दोस्रो विश्वयुद्ध लडेका खोटाङ जन्ते ढुङ्गा निवासी हाल बेलटार बसोबास गर्ने १०२ वर्षीय जीवित पूर्व ब्रिटिस गोर्खा सैनिक दल बहादुर राई र रत्न चौक निवासी ज्येष्ठ नागरिकहरूलाई सम्मान अभिनन्दन गरिएको छ ।
उनीहरूलाई सभापति महेन्द्रकुमार राई, संयोजक धरान १८ वडाध्यक्ष नरेन्द्रकुमार राई प्रवीण र धरान उपमहानगरपालिका पूर्व मेयर तिलक राईले फेटा बाँधिदिएका थिए । प्रतियोगितामा धरान रनको प्राविधिक सहयोग थियो ।