
धरान: किरात राई यायोक्खा धरान १५ वडा समितीको ११ औं वडा सभा शनिवार साकेला यायोक्खा धार्मिक वनमा सम्पन्न भएको छ।
उक्त वडा सभामा वडा कार्यसमितीका सह-सचिव बिजेन्द्र राईले किराया धरान १२ वडा कार्यसमितीले १ बर्ष सम्म गरेको कार्य प्रगती बिवरण प्रस्तुत गर्नु भएको थियो।
सो सभामा कर्यसमितीका कोषध्यक्ष प्रविन राईले बार्षिक आर्थिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। संस्थाको बार्षिक आय (रु ११,६८९९५) एघार लाख अडसठठी हजार नौ सय पचानब्बे र खर्च (रु ८,११,३८५) आठ लाख एघार हजार तीन सय पचासी रहेको र राष्ट्रीय वाणिज्य बैकमा दुई लाख छयासी हजार, नर्मल खातामा छैसठी हजार एक सय पैसठी र नगद पाँच हजार चार सय पैंतालीस रहेको प्रतिवेदनमा प्रस्तुत गर्नु भएको थियो। उक्त प्रगती विबरण र आर्थिक प्रतिवेदन सभामा उपस्थितहरुले ताली बजाएर पास गराएका थिए।


सो भेलाका प्रमुख अतिथी किराया सुनसरीका अध्यक्ष राजेन्द्र राईले १५ वडा कार्यसमिती जिल्लाको हरेक कार्यक्रममा उत्साजनक सहभागिता रहेको र किरात राई समुदायको संस्कार संस्कृती संरक्षणमा महत्व पुर्ण भुमिका खेलेको चर्चा गर्दै समयमै वडा भेला सम्पन्न भएको धन्यावद दिनु भयो।
संविधान सभा सदस्य, संस्थाको सल्लाकार किरण कुमार राईले लामो ईतिहास बोकेको किराया धरान १५ ले राई समुदायलाई एक बनाउन महत्वपुर्ण भुमिका खेलेको बताउनु भयो। उहाँले धार्मिक वनलाई संरक्षण संगै संस्थाको आयस्रोतको रुपमा फिक्नीक स्पोर्टलाई बिकासको गर्नु पर्ने सुझाव दिनु भयो।
कार्यसमितीका अध्यक्ष डाकमान राईको अध्यक्षतामा वडा सभा भएको थियो। सो सभामा किराया धरान नगर अध्यक्ष लिला राई लायएत अन्या अतिथिहरुको उपस्थीती रहेको थियो। सो अवसरमा संस्थालाई सहयोग पुर्याएको विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो। कार्यक्रमको संचालन सचिव प्रेम कुमार राईले गर्नु भएको थियो।

