शिक्षा

देशभरका १९ मेडिकल कलेजका विद्यार्थी भेला, वीपी प्रतिष्ठानमा ‘साईन्याप्स २०२६’ सुरु

धरान: नेपालभरका १९ वटा मेडिकल कलेजका विद्यार्थीहरूको सहभागितामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बहुविषयक विद्यार्थी सम्मेलन ‘साईन्याप्स २०२६’ सुरु भएको छ। विद्यार्थी कल्याण समाजको आयोजनामा शुक्रबारदेखि सुरु भएको महोत्सव माघ २३ गतेसम्म सञ्चालन हुनेछ।आठ वर्षपछि दोस्रो पटक आयोजना गरिएको साईन्याप्स सम्मेलनले चिकित्सा शिक्षा मात्र होइन,विद्यार्थीहरूको शारीरिक, मानसिक र सामाजिक सन्तुलनमा समेत जोड दिएको आयोजकको […]

धरान विशेष

धरान १३ क्षेत्रमा दुर्घटना नियन्त्रणको उपाय अपनाउन माग गर्दै स्थानिय

धरानः धरान–धनकुटा राजमार्गको धनकुटा प्रवेश नाका धरान १३ जिरो प्वाइन्छ अमरहाट क्षेत्रमा पटक पटक सवारी दुर्घटना भई स्थानियबासीको समेत मृत्यु हुने गरेकोले नियन्त्रणको उपाय अपनाउन स्थानिय समुदायले माग गरेका छन् । हालै मात्र माघ ४ गते दिउँसो साढे ३ बजे भेडेटारबाट आउँदै गरेको बस जिरोपोइन्ट चोकमा दुर्घटना हुँदा घटनास्थलमै ५ जनाको मृत्यु भएको थियो । […]

धरान विशेष

प्रदेश सरकारको लगानीमा बनेका ३ वटा डिप बोरिङ अईन्द्र बेघाको अनुमतिपछि सञ्चालनमा

धरान: धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अईन्द्र विक्रम बेघाले कोशी प्रदेश सरकारको पूर्ण अनुदानमा निर्माण भएका तीनवटा डिप बोरिङ सञ्चालनका लागि अनुमति दिएका छन्।बुधबार कावा प्रमुख अईन्द्र विक्रम बेघाले तीनवटा डिप बोरिङ सञ्चालनका स्वीकार गरेका हुन । बेघाले भने ‘तीनमध्ये एउटा डिप तत्काल सञ्चालन योग्य छ भने बाँकी दुईवटाका लागि बुस्टर पम्प जडान गर्न करिब १५ […]

धरान विशेष

सुनसरी–१ मा १ लाख ५० हजारभन्दा बढी मतदाता, सबैभन्दा कान्छा उम्मेदवार २९ वर्षीय राजकुमार लिम्बु

धरान: प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय, सुनसरी निर्वाचन क्षेत्र नम्बर १ ले यस क्षेत्रमा १ लाख ५० हजार ३९३ मतदाता रहेको जानकारी दिएको छ।मंगलबार आयोजित पत्रकार सम्मेलनमा निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनसम्बन्धी समग्र विवरण सार्वजनिक गर्दै सुनसरी–१ अन्तर्गत ४९ मतदानस्थल र १८१ मतदान केन्द्र रहेको जनाएको हो।प्रमुख निर्वाचन अधिकृत दिव्यराज घिमिरेले निर्वाचन क्षेत्रमा विभिन्न […]

धरान विशेष

सुनसरी १ मा एमालेको ७०७ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

धरान: सुनसरी क्षेत्र नं १ मा नेकपा एमालेका उम्मेदवार टिकाराम लिम्बु सघाउन ७ सय ७ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।धरानमा मंगलबार भएको कार्यकर्ता भेलाले पार्टी केन्द्रीय सदस्य मञ्जु भण्डारी सुवेदी छन् भने सहसंयोजकमा प्रदीप भण्डारी रहेका छन् ।धरान १० स्थित सैनिक भवनमा वृहत कार्यक्रम गर्दै उक्त कमिटीको घोषणा गरेको हो ।यस्तै, समितिको […]

खेलकुद

सातौं मिस्टर कोशी विजेताले १ लाख २५ हजार पाउने, प्रतियोगिता चैत्र २७ देखि

धरान: सातौं मिस्टर कोशी प्रदेश स्तरीय खुला शारीरिक सुगठन प्रतियोगिता २०८२ सालको चैत महिनाको अन्तिम साता आयोजना हुने भएको छ। आयोजक एलाइनेट जिमले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता चैत २७ र २८ गते सञ्चालन हुने जानकारी दिएको हो।प्रतियोगिता धरान–८ स्थित सभागृहमा हुने एलाइनेट जिमका अध्यक्ष बिक्रम लिम्बू बताए । एलाइनेट जिमको यो २३औँ प्रस्तुति तथा […]

धरान विशेष

धरान खानेपानी बोर्डको पहिलो निर्णयः एक साताभित्र सबै कारोबार अनलाइन

धरान: धरान खानेपानी बोर्डका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अईन्द्र विक्रम बेघाले खानेपानी सम्बन्धी बिलिङ र सम्पूर्ण आर्थिक तथा प्रशासनिक कारोबार एक साताभित्र अनलाइन प्रणालीबाट सञ्चालन गरिने घोषणा गरेका छन्।सोमबार खानेपानी बोर्डमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष बेघाले एक साताभित्र बोर्डको आधिकारिक वेबसाइट सञ्चालनमा ल्याइने जानकारी दिए। वेबसाइटमार्फत बोर्डको आय–व्यय विवरण, सूचना, सेवाग्राही फाराम, नयाँ […]

धरान विशेष

नेकपाको सुनसरी क्षेत्र न. १ निर्वाचन परिचालन सचिवालय कार्यालय धरानमा उद्घाटन

धरान: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निर्वाचन परिचालन सचिवालयको कार्यालय धरानमा उद्घाटन गरिएको छ।सोमबार कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रदेश सह–इन्चार्ज राजेन्द्र राईले धरान–३ स्थित सदन रोडमा सचिवालयको उद्घाटन गरेका हुन्।कार्यलय उद्धघाटन गर्दे राईले केन्द्र सँग सम्पर्क भएका बिकास योजनाहरु अगाडि बढने बताए । उनले धरानको खानेपानी समस्या समाधान गर्ने, सडक पूर्वाधारको विकास गर्ने र […]

धरान विशेष

चुनावी प्रचारमा बालबालिका प्रयोग भएको नगरबाल सञ्जालद्धारा हर्क साम्पाङविरुद्ध निर्वाचन अधिकृतमा उजुरी

धरान: धरान उपमहानगरपालिकाका निवर्तमान नगरप्रमुख तथा श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) विरुद्ध चुनावी प्रचार–प्रसारमा बालबालिका प्रयोग गरिएको आरोप लगाउँदै सुनसरी क्षेत्र नं १को निर्वाचन अधिकृतको कार्यालय र ईलाका प्रहरी कार्यलय धरानमा कार्वाहीको उजुरी दर्ता गरेका छन ।आईतबार धरान नगर बाल सञ्जालले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लक्षित प्रचारका क्रममा बालबालिकालाई प्रत्यक्ष रूपमा […]

धरान विशेष

नेकपा उम्मेद्वार मनोज भट्टराईको घरदैलो कार्यक्रम सुरु

धरान: फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट सुनसरी क्षेत्र नं १ मा मनोज भट्टराई जिताऔँ अभियान अन्तर्गत घरदैलो कार्यक्रम सुरु भएको छ।आइतबार बिहान उम्मेदवार सुर्यबहादुर भट्टराई ‘मनोज’ले धरान उपमहानगरपालिका–१४ स्थित करमडाँडाबाट घरदैलो अभियानको औपचारिक सुरुवात गरेका हुन्।घरदैलो अभियानका क्रममा भट्टराईले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना चुनावी एजेन्डा र […]