खेलकुद

सुनाखरी एकेडेमी कप: शैनिक आवसीय स्कुललाई पराजित गर्दै सुनाखरी रेड फाईनलमा

धरान: सुनाखरी एकेडेमी, धरान–१२ द्वारा आयोजित पहिलो संस्करण ‘सुनाखरी एकेडेमी कप–२०८२’ अन्तर्गत आइतबार सम्पन्न पहिलो सेमिफाइनलमा सुनाखरी रेडले सैनिक आवासीय स्कुललाई ३-० ले पाराजित गर्दै फाइनल यात्रा सुनिश्चित गरेको छ। खेल एन्फा एकेडेमीको खेल मैदान, धरान–१७ मा भएको थियो।खेलको पहिलो हाफको २४ औँ मिनेटमा सुनाखरी रेडका जर्सी नम्बर ९ आदेश पोद्दारले १ गोल गर्दै टिमलाई […]

धरान विशेष

धरान वडा प्रहरी प्रमुखमा राधाकृष्ण दाहाल, लागुऔष नियन्त्रण पहिलो प्राथामिकता

धरान: धरानलाई लागुऔषध सेवन, ओसारपसार र बेचबिखन मुक्त सहर बनाउन काम गर्ने वडा प्रहरी कार्यालय धरानका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक राधाकृष्ण दाहालले बताएकाछन् ।आइतबार नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरानले आयोजना गरेको स्वागत कार्यक्रममा दाहालले धरान लागु औषधको हब बन्दै गइरहेको बताउँदै यसलाई भत्काउन प्रभावकारी काम गर्ने बताए । धरानको १० वटा वडाहरुको शान्ति […]

स्वास्थ्य/जिवनशैली

औषधि व्यवसायीहरु आन्दोलित, आज १ घण्टा औषधि पसल बन्द

धरान: औषधि ऐन २०३५ को संशोधित दफा ११ का केही उपदफा व्यवसायिक, नैतिक र संवैधानिक दृष्टिले अमान्य रहेको निष्कर्षसहित नेपाल औषधी व्यवसायी संघको पहलमा गठित राष्ट्रीय संयुक्त औषधि व्यवसाय संरक्षण समितिले देशव्यापी आन्दोलनलित भएको छ । आन्दोलनकै कार्यक्रम अन्तरगत आज धरानमा रहेको औषधि पसलहरु १ घण्टा बन्द गरेका छन। औषधि ऐन २०३५ को ११ का […]

खेलकुद

धरानमा ‘खेलकुद महोत्सव’ आयोजना हुने, खेल सामग्रीहरूको विशेष प्रदर्शनी रहने

धरान खेलकुद मञ्चको आयोजनामा ‘धरान खेलकुद महोत्सव’२०८२ आयोजना हुने भएको छ। शनिबार धरान–१६ रंगशालामा आयोजित पत्रकार सम्मेलनमा महोत्सव संयोजक कुवेरमान राईले कार्यक्रमको जानकारी दिएका हुन्।मञ्चले आफ्नो वार्षिक कार्यक्रम अनुरुप मंसीर २५ गते देखि पौष १० गते सम्म ऐतिहासिक वृहत धरान खेलकुद महोत्सव गर्ने जानकारी दिएको छ । धरान खेलकुद मञ्चका अध्यक्ष किशोर राईले महोत्सव ८ […]

सहित्य/सिर्जना

विद्यालय स्तरीय नृत्य प्रतियोगिता पुस १४ गते धरानमा हुने, एक लाख पुरस्कार राशी

धरान: विजेतालाई एकलाख पुरस्कार सहित ट्रफिको ‘स्कूल डान्स आइडल २०८२’ नृत्य प्रतियोगिता आगामी पुस १४ गते धरानमा हुने भएको छ।युनाइटेड डान्स एकेडेमी धरानको नवौं संस्करण अन्तर्गत स्कूल डान्स आइडल प्रतिस्पर्धामा धरानका ४४ वटा विद्यालयका ५ हजार ३ सय ३५ विद्यार्थीहरू सहभागी भएका थिए ।जेठ २६ गतेबाट सुरू प्रतियोगितामा हाल उत्कृष्ट १० जना विद्यार्थी छनौट भएकाछन् […]

राजनिती

संविधान पुनर्लेखन र प्रत्यक्ष राष्ट्रपति प्रणालीको माग गर्दै धरानमा जसपाको कोणसभा

धरान: जनता समाजवादी पार्टी नेपाल जसपा नेपाल धरान उपमहानगर समितिको आयोजनामा संघीयता, सुशासन, सामाजिक न्याय र समाजवादको माग गर्दै शुक्रबार धरानको भानुचोकमा कोणसभा सम्पन्न भएको छ। कोणसभामा पार्टीका धरान अध्यक्ष ताजुव लिम्बुले नेतृत्वको कमजोरीका कारण ‘जेनजी आन्दोलन’ उत्पन्न भएको स्वीकार गर्दै मुलुकमा भ्रष्टाचार, नातावाद र एकाधिकारवाद दिनदिनै बढिरहेको आरोप लगाए। उनले भने ‘राज्य संयन्त्र कमजोर […]

खेलकुद

सुनाखरी एकेडेमी कप: नेपाल पुलिस र ज्वालामुखी सेमिफाइनलमा

धरान: सुनसरी जिल्ला अन्तर विद्यालय ‘सुनाखरी कप फुटबल’को पहिलो क्वाटर फाइनल खेलमा नेपाल पुलिसले माउन्ट हर्मन स्कुललाई ६–१ को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । दोस्रो खेलमा ज्वालामुखी स्कुलले हिम शिखर स्कुललाई २–० को अन्तरले हराउँदै सेमी फाइनलमा पुगेको छ । शुक्रबार एन्फामा जारी पहिलो खेलको नेपाल पुलिस स्कुलका समीर राईले खेलको पहिलो […]

समाज

समुदायको पहलमा धरान १८ का ऐतिहासिक देविथान संरक्षण साथै पुनर्जीवित

धरान: धरानको तीव्र शहरी विकासले पुराना सांस्कृतिक पहिचान नामेट हुदै जाँदा देवीथान क्षेत्रलाई सुरक्षित गर्न स्थानीय समुदायले ठोस कदम चालेका छन् । धरान–१८ स्थित यस ऐतिहासिक थलोमा ज्येष्ठ नागरिक पार्क निर्माण गर्ने निर्णय देबिथान संरक्षण तथा व्यवस्थापन समितिको १९ औँ साधारण सभा तथा ७ औँ अधिवेशनले शुक्रवार पारित गरेसँगै यसको पुनर्जीवनको बाटो खुलेको हो । […]

खेलकुद

सुनाखरी एकेडेमी कप: सुनाखरी रेड र सैनिक आवसिय सेमिफाइनलमा

धरान: सुनसरी जिल्ला अन्तर विद्यालय ‘सुनाखरी कप फुटबल’को पहिलो क्वाटर फाइनल खेलमा सुनाखरी रेडले लर्डवुद्ध स्कुललाई २–१ को अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । दोस्रो खेलमा सैनिक आवसिय स्कुलले प्रभात ईग्ङलिस बोडिङ स्कुललाई ३–१ ले हराउँदै सेमी फाइनलमा पुगेको छ । पहिलो खेलको सुनाखरी रेडका श्री हाङग लिम्बुले पहिलो हाफको २० मिनेटमा र २८ […]

अपराध

जेनजी आन्दोलनको नाममा तोडफोड र आगजनी संलग्नलाई कार्बाही सुरु भयो: वासुदेव घिमिरे

धरान: धरानमा जेनजी आन्दोलनको आवरणमा भएका तोडफोड, आगजनी र लुटपाटजस्ता आपराधिक गतिविधिमा संलग्न व्यक्तिमाथि सुनसरी प्रहरीले कडाइका साथ कारबाही सुरु गरेको छ । बुधवार सुनसरी उद्योग वाणिज्य संघले आयोजना गरेको शान्ति–सुरक्षा विषयक अन्तरक्रियामा सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले प्रहरी सक्रियताबारे विस्तृत जानकारी दिनुभएको हो । उहाँका अनुसार पछिल्ला दिनमा प्रहरीमा उजुरी दिए पनि दर्ता […]