Uncategorized

दृष्टिविहिन गायिका मेनुका पौडेलले अब आँखा देख्न सक्ने

कोले न्युज: दृष्टिविहीन मेनुकाको आँखाको उपचार गर्न लागिएको इण्डियन आइडलको आइतबारको एपिसोडमा जानकारी दिएको थियो। जन्मजात दृष्टिविहिन गायिका मेनुका पौडेलले आँखा देख्ने भएकी छिन। इण्डियन आइडलकै टिमले उनलाई मुम्बईका एक प्रतिष्ठित नेत्र चिकित्सकलाई आँखाको चेकअप गराएको छ । सो क्रममा चिकित्सकले उनको आँखाको अवस्था हेरेका अप्टिक नर्भले काम नगरेको र त्यही कारण उनले देख्न सक्ने […]

Uncategorized

हायसको ठक्करबाट धरानमा मोटरसाइकल चालक शम्भु दर्जीको मृत्यु

धरान-८ भोटेपुलमा हायसको ठक्करबाट मोटरसाइकल चालक धरान-१५ का ४६ वर्षीय शम्भु दर्जीको मृत्यु भएको छ ।इटहरीबाट धरान आउँदै गरेको ना १ज ७१२१ नम्बरको हायस गाडीले बाटो क्रस गर्दै गरेको को ६ प ५६०३ नम्बरको मोटरसाइकल र को ३२ प ८६६१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा मोटरसाइकल चालक दर्जी गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागी […]

Uncategorized

मिलन राईको साकेला गीत ‘बिनायो बज्यो ओठैले’ सार्वजनिक

गायक तथा सङ्गीतकार मिलन राईको शब्द/सङ्गीत रहेको ‘बिनायो बज्यो ओठैले’ साकेला गीतको म्युजिक भिडियो आइतबार साँझ धरानमा अनलाइन, युट्युब च्यानलमा सार्वजनिक गरिएको छ । भिडियोमा सोमिया राई र गायक चन्द्र बान्तवाको मुख्य अभिनय छ । निर्देशक वसन्त बान्तवा रहेको म्युजिक भिडियोमा प्रवीण भुजेलले कोरियोग्राफी गरेका छन् ।स्वर चन्द्र बान्तवा, वसन्त बान्तवा, हेमन चाम्लिङ, सुनिता नाम्नु […]

Uncategorized

भानुचोकमा यात्रु तानातान गरे प्रहरीले तत्काल कारबाही गर्ने

धरानको भानुचोक बस पार्क क्षेत्रमा यात्रुहरुलाई तानातान गरिएमा तत्काल कार्वाही हुने भएको छ। पुर्वकै सुन्दर शहर धरानको भानुचोकमा यात्रुहरुलाई तानातान गर्ने बेथितीले धरानको बदनाम हुँदै आईरहेको थियो। भानुचोकस्थित बसपार्क क्षेत्रको यो बेथिती अन्त्य गर्न अब भने वडाका जनप्रतिनिधि र ट्राफिक प्रहरी लागेका छन्। बिगत एक महिना देखि छलफल गर्दै पटक पटक सम्झाउदै आइरहेका ट्राफिक प्रहरी […]

Uncategorized

भगवान् रामको मुर्तीमा १५ किलो सुन, १८ हजार हिरा र पन्ना

भारतको अयोध्याको राम मन्दिरमा सोमबार रामको मूर्ति स्थापित गरिएको, मन्दिरमा राखिएको भगवान् रामको मूर्तिमा १५ किलो सुन, १८ हजार हिरा र पन्ना प्रयोग गरेर बनाइएको आभूषण प्रयोग गरिएको छ । आभूषण पौराणिक कथाहरूमा वर्णित रामको स्वरूपको आधारमा वस्त्र तयार पारिएको छ । रामायण, श्रीमद् वाल्मीकि रामायण, श्रीरामचरितमानस र आलवन्दार स्तोत्र अध्ययन गरेर सोमा वर्णन गरिएको […]

Uncategorized

कोशी प्रदेस सरकारले बालबालिकाको निःशुल्क उपचार गर्न निजी अस्पतालहरूसँग सम्झौता

कोशी प्रदेश सरकारले प्रदेशभरिका १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सुरु गरेको छ । मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशका चार वटा निजी अस्पतालसँग आइतबार सम्झौता गरेको हो । सम्झौता भएका अस्पतालहरू हाम्रो अस्पताल, विराट शिक्षण अस्पताल, नोबेल शिक्षण अस्पताल, काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ दमकसँग छन् । उक्त अस्पतालहरूले १० वर्ष मुनीका बालबालिकाको […]

Uncategorized

नगर प्रहरीले दैनिक जरिवाना लिएको भन्दै इटहरीका सफारी चालकहरू आन्दोलनमा

कोले न्युज: दैनिक ५ सय देखि एक हजार जरिवाना तिर्नु पर्ने भन्दै इटहरी उपमहानगरपालिका भित्रका सिटी सफारी ( इ-रिक्सा) चालकहरुले इटहरी नगरपालिका घेराउ गरेका छन। इटहरी नगर क्षेत्रको सडक सिटी सफारीको कारण अस्त व्यस्त भएपछी सडक व्यवस्थीत गर्न चुनौती भएको छ। इटहरी उपमहानगरपालिकाले अन्य नगर र पालिकाबाट इटहरी प्रवेस गर्दा सफारीलाई टाइम कार्ड सिस्टम समेत […]

Uncategorized

पहिचान पक्षधरसँग कोशी प्रदेश सरकारले बार्ता गर्ने निर्णय गरेको छ

कोले न्युज: आन्दोलनरत पहिचान पक्षधरसँग वार्ताका लागि कोशी प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्री कमल प्रसाद जबेगुको नेतृत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको छ । प्रदेश मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले वार्ता समिति सदस्यमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल रहने निर्णय भएको छ। […]

Uncategorized

नेकपा एमालेको धरान ११ को वडा पार्टी कार्यलय उद्वाटन

कोले न्युज: नेकपा एमाले धरान उपमहानगरपालिका वडा नं. ११ कमिटीको पार्टी कार्यालय धरान ११ स्थित शान्तिचोकमा स्थापना गरि उद्वाटन गरिएको छ। माघ ६ गते शनिवार एक कार्यक्रमको आयोजना गरि पार्टीका केन्द्रीय सदस्य मञ्जु भण्डारीले रिवन काटेर उद्घाटन गरेकी छन। उक्त कार्यक्रमका प्रमुख अतिथि भण्डारीले संगठनलाई क्रियाशिल बनाउन संगठनका कार्यालय र अभियान जरुरी भएको बताएकी छन […]

Uncategorized

कार्यसम्पादनमा काठमाडौ र धरानलाई इटहरीले उछिन्यो

कोले न्युज: स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन(लिजा)मा इटहरी उपमहानगरपालिका काठमाडौ महानगरपालिका र धरान उपमहानगरपालिका भन्दा उत्कृष्ट अंक प्राप्त गरेको छ । संघीय सरकारद्वारा आगामी आर्थिक बर्षको बजेट निर्माण प्रक्रियामा स्थानीय तहलाई विनियोजन गर्ने शसर्त र निशर्त अनुदान बाँडफाँड गर्न हरेक बर्ष गरिने स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन(लिजा)मा इटहरीले औषत ८१.२५% अंक हाँसिल गर्दा काठमाडौं महानगरपालिकाले […]