आर्थिक

नाष्टको कृषि तथा खाद्य प्रविधि केन्द्रित अनुसन्धान केन्द्रधरानमा स्थापना

धरान-१६ मा नाष्टको कोशी प्रदेश अनुसन्धान केन्द्रको कार्यालय स्थापना गरिएको छ। धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले शुक्रवार बिहान कार्यालयको प्लेट अनावरण गरी उद्घाटन गर्नु भएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले कोशी प्रदेशमा कृषि तथा खाद्य प्रविधिमा केन्द्रित भएर अनुसन्धान तथा प्रवर्द्धनका कार्य गर्न धरानमा विशिष्ट कृत अनुसन्धान केन्द्र स्थापना गरेको छ । नाष्टको […]

समाज

चतराधाममा पिण्डेश्वर पूर्ण महाकुम्भ मेला समापन

सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं.१ स्थित प्राचीन हरिद्वार चतरा धाममा आयोजना भएको बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला समापन भएको छ । चैत्र २७ गते अर्थात् चैत्र महिनाको शुक्ल प्रतिपदा देखि सुरु भएको उक्त बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला शुक्रवार वैशाख शुक्ल तृतीया समापन भएको हो । १२ वर्षपछि आयोजना भएको उक्त मेलाको समापन समारोहमा नेपाल […]

स्वास्थ्य/जिवनशैली

धरानमा १५ शय्या क्षमता भएको धरान सिटी हस्पिटल सञ्चालनमा

धरान: सिटी हस्पीटल शुक्रवार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङद्वारा बिहान ९:३० बजे उद्घाटन गर्ने तय भएता पनि मेयर साम्पाङ दिनको १ बजे सम्म उपस्थित नभएपछि पश्चात् नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राईले उद्घाटन गरेका थिए। करिब एक करोड लगानीमा धरानको बरगाछीमा १५ शय्या क्षमता भएको धरान सिटी हस्पिटल सञ्चालनमा आएको छ। अस्पतालकी अध्यक्ष एवम् […]

स्वास्थ्य/जिवनशैली

हिविस्कस स्कुलका विद्यार्थीहरु र अभिभावकको निःशुल्क आँखा जाँच

स्कुलले शुक्रवार आयोजना गरेको आखा शिवरमा विद्यार्थीहरु र अभिभावक गरी करिव १ हजार जनाले आँखा जाच गरेका हुन । खुशी अस्पताल धरानको प्राविधिक सहयोगमा भएको सो शिविरमा अभिभावकको समेत आखा जाच गर्ने व्यवस्था मिलाईको निर्देशक राईले जानकारी दिनुभयो ।स्वास्थ्य शिविर कार्यक्रमहरुलाई निरन्तरता दिदै लगिने राईको भनाई रहेको छ । आगामी दिनमा आखाको मात्र नभएर अन्य […]

धरान विशेष

सुनाखरी एकेडेमीमा बार्षिक पुरस्कार बितरण सम्पन्न

यसैबिच स्कुलमा २०५४ साल देखि ०८० सम्म निरन्तर रुपमा कार्यरत शिक्षिका मामु लकान्द्रीलाई अवकास पश्चात् सम्मान गरिएको छ। कार्यक्रमको संचालन शिक्षक दिनेस बराल, छात्राद्वय दिप्सा लिम्बू र रुबिना देबले गरेका थिए।

खेलकुद

हराइजन कप बास्केटबल थ्री बाई थ्री विशेष संस्करणको उपाधि ‘ब्रदर्श बी’लाई

आठौँ हराइजन कप बास्केटबल थ्री बाई थ्री विशेष संस्करण विजेताको उपाधि ब्रदर्श बी टिमले चुमेको छ।श्री प्रावि स्थित हराइजन बास्केटबल कोर्टको हाफ कोर्टमा आज बिहीबार भएको फाइनल खेलमा ‘ब्रदर्श बी’ले २१-१० अङ्कले युवा जागृति ओजी टिमलाई हराउँदै उपाधि चुमेको हो । उपाधिसँगै विजेता ब्रदर्श बास्केटबल क्लबको बी टिमले नगद ४० हजार रुपैयाँ सहित ट्रफी, मेडल […]

समाज

नेपाली कांग्रेस र नेवार एकता समाज सम्मानित

धरान: महाकुम्भमा नेपाली कांग्रेस र नेवार एकता समाजलाई सम्मान गरिएको छ । बाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा नेपाली कांग्रेसले तिर्थालु भक्तजनहरुको स्वास्थ्यलाई ध्यानमा राखेर धरानस्थित पिण्डेश्वर बाबाधाम परिसरमा महाकुम्भ अवधिभर एक महिने निःशुल्क हेल्थ डेस्क सञ्चालन गरेको र नेवार एकता समाजले सोही स्थानमा भक्तजनहरुलाई निःशुल्क पिउने पानी वितरण गरेको भन्दै सम्मान गरिएको बाह्रबर्से पिण्डेश्वर पूर्ण […]

राजनिती

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । एमाले र माओवादीका ५२ जना प्रदेशसभा सांसदको उपस्थितिमा हस्ताक्षर गरेपछि प्रदेश प्रमुख खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरे । संविधानको १६८ (५) अन्तर्गत कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । मुख्यमन्त्रीमा कोशी प्रदेशमा कार्कीले तेस्रो पटक प्रवेश मुख्यमन्त्री भएका हुन् । यसअघि उनी संविधानको धारा १६८ (२) अन्तर्गत […]

समाज

सत्य शिशु निकेतन बोर्डिङमा क्याप्टेन छान्न भएको निर्वाचनको नतिजा सार्वजनिक

धरान: धरान-१५ स्विमिङ पुल छेउ स्थित सत्य शिशु निकेतन बोर्डिङ स्कुलमा सोमबार सम्पन्न भएको निर्वाचनको नतिजा मङ्गलबार सार्बजनिक भएको छ।

स्वास्थ्य/जिवनशैली

महाकुम्भ मेला: काँग्रेसले राखेको हेल्थ डेस्कमा मन्त्री परिसदका पुर्व अध्यक्ष रेग्मीले गरे स्वास्थ्य जाँच

धरान, २६ बैशाखः नेपाल सरकार, मन्त्री परिषदका पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले महाकुम्भको अवसरमा नेपाली कांग्रेस क्षेत्रीय समितिले धरानको पिण्डेश्वर बाबाधाम परिसरमा राखेको एक महिने निःशुल्क हेल्थ डेस्कमा आफ्नो स्वास्थ्य जांच गराएका छन् । उनको उच्च रक्तचाप, मधुमेह, अक्सिजन लेवल, पल्स लगायतको परीक्षण नर्मल पाइएको नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताए । […]