तेस्रो राष्ट्रिय कुराँशमा ६ स्वर्ण जित्दै बाग्मती प्रदेश प्रथम
धरान: तेस्रो राष्ट्रिय कुराँश प्रतियोगिता २०८१ बिहिबार धरानमा सम्पन्न भएको छ । धरान १६ स्थित रंगशालाको कभर्ड हलमा सम्पन्न प्रतियोगितामा बाग्मती प्रदेशले ६ स्वर्ण पदकको उपाधि प्राप्त गर्दै प्रथम स्थान हासिल गरेको छ। कोशी प्रदेशले ५ स्वर्ण पदक ल्याएर दोस्रो भएको छ भने गण्डकी प्रदेश ३ स्वर्ण पदक प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेको छ। […]









