एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन। आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । ओलीले एमालेका साथै नेपाली कांग्रेसलगायत दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । प्रधानमन्त्रीमा नियुक्त भएपछि नेकपा एमालेका अध्यक्ष समेत रहेका केपी शर्माओलीले सबैलाई सम्मान र धन्यवाद दिएका छन् ।









