धरान विशेष

पुर्बको व्यापारिक नाका धरान, आज व्यवसायीहरु पलायनको स्थीतिमा पुगेको विज्ञहरुको टिप्पणी

धरानमा शनिवार राष्ट्रिय स्वतन्त्र पार्टी नगर समितिद्वारा “बहसमा धरान २०८१” आयोजित छलफलमा विभिन्न क्षेत्रका विज्ञ वक्ताहरूले पुर्बको व्यापारिक नाका रुपमा रहेको धरान, आज व्यवसायीहरु पलायनको स्थीतीमा पुगेको टिप्पणी गरेका छन।

बुद्धिजीवी डा.राजेन्द्र शर्माले धरान हिजो पुर्बको व्यापारिक हवको रुपमा रहेको थियो यहाँ बाट १६ जिल्लामा खाद्मन्न लताकपडा लगाएतको सामानहरु धरान बाटै जान्थे आज दिनानु दिन व्यवसायीहरु पलायन हुदैछ स्थानीय सरकारको पनि कमजोरी रहेको बताए।

धरानले अन्य क्षेत्रमा उत्कृष्ट व्यक्तित्वहरू उत्पादन गरेको बताउँदै राजनीतिक क्षेत्रमा भने केन्द्रमा पहुँच राख्ने नेतृत्व उत्पादन गर्न नसकेको शर्माले बताए ।

उनले विगतमा विभिन्न जातजाति, धर्म, समुदायका व्यक्ति मिलेर एकताको सूत्रमा रहेको धरान अहिले कता कता खलबलिएको जस्तो भएको छ कहिले जातका नाममा, कहिले धर्मका नाममा, प्रहार भइरहेको बताए।

उद्मोग वाणिज्य संघ सुनसरीका अध्यक्ष विजय श्रेष्ठले विगतमा धरान पुर्वको व्यापारिक केन्द्रको रुपमा रहेको थियो त्यो बेला आफ्नो खाद्मन्न पसल रहेको र झापा विराटनगरबाट जिरा किन्न उपभोक्ता धरान आउने गरेको बताए।

धरानका उद्मोगी व्यावसायीहरु समस्यामा रहेको बेला सरकारको कुनै स्तर बाट कुनै सहयोग नभएको र स्थानीय सरकार प्रमुख बाट आफै गर भन्ने जवाफ आउने प्रदेश केन्द्र कुनै सरकारले पनि वास्ता नगर्दा आज व्यवसायीहरु धरान बाट पलायन भएको बताए।

उद्योग, कलकारखानाको विकासका लागि जग्गाको अभाव रहेको बताए । उनले धरानका नेतृत्वले स्वास्थ्य, शिक्षा, पर्यटन विकासको नारा मात्र लगाउने गरेको बताए।

आर्थिक विश्लेषक कृष्णकुमार अग्रवालले व्यापारिक रूपमा उत्कृष्ट धरान अहिले पछि परिरहेको बताए । उनले धरानका ९० अर्बको कुल ग्राहस्थ उत्पादनमा १५ प्रतिशत योगदान बीपी प्रतिष्ठान र औद्योगिक क्षेत्रको रहेको बताउँदै भने, ‘त्यसको व्यवस्थापन भइरहेको छैन । औद्योगिक क्षेत्रमा व्यवसाय गर्न ठाउँ नहुँदा व्यापारी पलायन भइरहेका छन् ।’

पर्यटनविद वासुदेव वरालले धरानमा पर्यटकीय गन्तव्यहरु पनि थपिए मात्र पर्यटन दोहोरिएर घुम्न आउने बताए । ‘धरान फेरि किन आउने ? त्यसको लागि नयाँ चिज थपिनुपर्छ,नत्र पुरानै कुरा हेर्न धरान किन आउछन् पर्यटक ?’उनले भने,‘धरानको बारेमा दुष्प्रचार पनि भइरहेको छ ।

धरानको पर्यटन प्रोडक्ट के हो भनेर प्रष्ट हुनुपर्ने बताए । उनले धरानमा पर्यटक के को लागि आउने वा ल्याउने भनेर प्रष्ट भए मात्र पर्यटनले गति लिने धारणा राखे । धरानको मुख्य पर्यटन प्रोडक्ट मनोरञ्जन हो । धरान आउने भनेको छुट्टी बिताउन, घुम्न नै हो । यसतर्फ छलफल नै भएको छैन छलफल हुनु जरुरी छ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर प्रा.डा.सञ्जिव शर्माले वीपीलाई जोगाउन सबैले ध्यान दिनुपर्ने बताए । वीपीबाट फाइदा लिन मात्र खोज्ने प्रवृत्ति त्यागेर यसलाई धरासायी हुनबाट जोगाउन सबैले ध्यान दिनुपर्ने उनले बताए । 

प्रतिष्ठानको सेवा उत्कृष्ट भएको तर व्यवस्थापनमा समस्याहरु रहेको पनि उनले बताए । केही सुधार गर्न खोज्दा चलखेल गरेर ढिलासुस्ती हुने जस्ता प्रतिष्ठानभित्र विकृति रहेको पनि औल्याउदै उनले धरानबासी नजागेसम्म व्यवस्थापनको प्रयासले मात्र सुधार गर्न सम्भव नभएको बताए । 

हिसान सुनसरीका अध्यक्ष सागर भट्टराईले धरानमा प्राविधिक शिक्षालय खुल्न नसकेको बताए । स्थापित शैक्षिक संस्थामा पनि विद्यार्थी नभएको बताउँदै उनले धरानका विद्यार्थी अध्ययन लागि बाहिर जाने गरेको बताए । धरानका विद्यार्थी धरानमै पढाउने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए ।

फोहोर मैला व्यवस्थापनका विषयमा प्रा.डा रिता खड्का फोहोरलाई जमिन वा पानीमा फाल्दा र जलाउदा घातक हुने बताइन् । माटो वा पानीमा फाल्दा वातावरण दुषित हुने र बिषात्त रसायन निस्किएर मानव स्वास्थ्यलाई नै ठुलो असर पुग्ने बताइन् । फोहोर जलाउदा निस्कने धुँवाले जटिल खालको दीर्घ रोग पनि लाग्ने बताइन् ।

राष्ट्रीय स्वतन्त्र पार्टी धरान सभापति सुमन श्रेष्ठले धरानलाई विभिन्न कोणबाट थाह पाउनको लागि बहस कार्यक्रम गरिएको हो । ‘धरानको वर्तमान समस्या, चुनैती र समाधानको उपाय पत्ता लगाएर कार्यान्वयन पनि गर्ने उद्देश्यले यो कार्यक्रम गरिएको हो। यस्ता कार्यक्रमहरु चरण बद्व गर्दै जाने बताएका छन।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।