सुनसरी: आज दिउँसो सुनसरीको कप्तानगंजबाट ५ केजि ६ सय ९० ग्राम गाँजा बरामद गरिएको छ । सुनसरी देवानगंज गाउपालिका देवानगंज बस्ने शिव कुमार मेहताको घरमा लुकाई छिपाई राखेको ५ के.जी. ६ सय ९० ग्राम गाँजा राष्ट्रिय अनुसन्धानको बिशेष सुराकीको आधारमा बरामद गरिएको थियो।
सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म कप्तानगंजबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुवास के.सी. को कमाण्डमा खटिएको ११ जना, र सशस्त्र प्रहरी बल, बोर्डर आउट पोष्ट घुस्कीबाट स.प्र.नि जोसेफ अधिकारीको कमाण्डमा ७ जना र ई.प्र.का. देवानगंजबाट प्र.ब.ना.नि बिकास खत्रीको कमाण्डमा खटिएको ७ जनाको संयुक्त टोलिले उक्त गाजा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल न. ४ हेडक्वाटर सुनसरी कार्यलयले जनाएको छ।
बरामद गरी आवश्यक कारबाहिको लागि ईलाका प्रसाशन कार्यलय देवानगंजमा लगिएको हेड्क्वाटर सुनसरीले जनाएको छ ।