धरान: धरान-१६ स्थित यु.एन.नबोदय कलेजले मिस कोशिमा फष्ट रनर अप र फोर्थ रनर अपको उपाधी जितेका आफ्ना बिद्यार्थीहरुलाई सोमबार सम्मान गरेको छ।
कलेजमा एक कार्यक्रमको आयोजना गरि बिद्यार्थीहरुलाई सम्मान गरिएको हो।
प्रतियोगिता जय मिडिया म्यानेजमेन्ट प्रा लि. ले आयोजना गरेको हो। शनिबार धरानमा सम्पन्न मिस कोशी सिजन-८ को ग्रान्ड फिनालेमा यु.एन.नबोदयकी निशाहाङमा लिम्बुले फस्ट रनर अपको उपाधिसहित मिस पपुलर,”ब्युटी विथ ब्रेन, मिस इन्टेलेक्चुअल र अर्गनाइजर्स चोइसको सब टाईटल समेत हात पारेकी थिइन।
यसैगरि स्वस्तिका राईले फोर्थ रनर अपको उपाधी सहित
मिस ब्युटीफुल हेयर र मिस पब्लिक चोइसको सब टाईटल जितेकी थिइन। दुबै जना बिजेतालाई कलेजका म्यानेजिङ डाईरेक्टर ज्ञानेश्वर झा, क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापो, अध्यापक राम लिम्बू र होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगन श्रेष्ठले अबिर, खदा र बुकेले सम्मान गरे।
आफ्ना बिद्यार्थीहरुले प्रदेस स्तरीय प्रतियोगीतामा सफलता प्राप्त गर्दा खुशी लागेको क्याम्पस प्रमुख तुम्बापोले बताउनु भयो। बिद्यार्थीहरुलाई प्रोत्साहन गर्न सम्मान गरेको तुम्बापोले बताउनु भयो।
निशाहाङमा यु.एन. नबोदयको कक्षा-१२ मा होटल म्यानेजमेन्ट लिएर अध्यय गरिरहेकी छिन भने स्वस्तिका कक्षा-१२ मै कम्प्युटर साईन्स लिएर अध्ययन गरिरहेकी छिन।