राजनिती

मेयर साम्पाङको पत्रको औचित्य छैन, हामी जवाफ दिदैनौ – पुर्वमेयर र उपमेयर

धरान: निवर्तमान मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारीले शुक्रवार संयुक्त पत्रकार सम्मेलन गरी मेयर हर्क साम्पाङले एडिबिबाट लिएको ऋण तथा अनुदानमा सञ्चालिन खानेपानी प्रोजेक्ट (आइयुडिपी)बारे पठाएको पत्रको कुनै औचित्य नभएको प्रतिक्रिया दिएका छन् ।

मेयर हर्क साम्पाङले सस्तो लोकप्रियताका लागि एडिबिको खानेपानी परियोजनाको बारेमा निवर्तमान मेयर, उपमेयरलाई जानकारी मागेको पत्र सामाजिक सञ्जालमा प्रचारबाजी गरेको राईले आरोप लगाएका छन् ।

उनीहरुले मेयर साम्पाङलाई उक्त पत्रको जवाफ नदिने पनि प्रष्ट पारे । तर सामाजिक सञ्जालमार्फत साम्पाङले पत्र सार्वजनिक गरेकोले चासो राख्ने व्यक्तिहरुको लागि मात्र आफुहरुले धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गरेको उनीहरुको भनाई थियो ।

पुर्वजनप्रतिनिधिहरु ध्यानाकर्षण पत्र बुझाउन गएको बेला स्पष्ट जवाफ नआएपछि मात्र आफुले थप कुरा राख्दा मेयर साम्पाङले पत्र काट्छु भनेको राईले बताए।

पुर्वजनप्रतिनिधिहरु मेयर साम्पाङलाई खानेपानी अभाव, आइयुडिपीमा भएको भ्रष्टचारको छानबिनलगायतको बिषयमा ध्यानाकर्षण पत्र बुझाउन गत बुधबार नगरपालिका पुगेका थिए । त्यसबेला पुर्वमेयर राईले मेयर साम्पाङ अभियन्ता हुँदा आइयुडिपीमा भ्रष्टचार भएको भनेर आन्दोलन गरेको स्मरण गराउदै २ बर्षमा भ्रष्टचार भएको छ कि छैन भनेर पत्ता लाग्यो कि लागेन भनि प्रश्न गरेका थिए । त्यसक्रममा मेयर साम्पाङले आइयुडिपीबारे पत्र काट्ने बताएका थिए । गत बिहिवार ९ बुँदाको प्रश्न उल्लेख गरेर पुर्वमेयर राई र पुर्वउपमेयर भण्डारीलाई पत्र पठाएका थिए ।

पुर्वमेयर राईले आइयुडिपी सम्बन्धी सम्पुर्ण डकुमेन्ट उपमहानगरपालिका र खानेपानी बोर्डमा नै रहेकोले मेयर साम्पाङले आफ्नो पत्रको जवाफ त्यही खोज्नुपर्ने बताए । बोर्डको अध्यक्ष पनि मेयर साम्पाङ नै हुन् । ‘हाम्रो कार्यकाल सकिएपछि डकुमेन्ट घर लिएर जाने कुरा भएन, कार्यालयमा नै छ ।

वर्तमान मेयरले नभेटेर हो कि हामीलाई सोधेको ?’ पुर्वमेयर राईले भने,‘वर्तमान मेयरकै समुहले खानेपानी संस्थानलाई मर्ज गर्न नदिएर आयोजना कार्यान्वयनमा ढिलाई भयो । काम गर्न नदिएर संस्थानको पुरानो संरचना मर्मत हुन पाएन, र असफल भएको हो ।’

पुर्वउपमेर भण्डारीले पनि आफुहरुले जनतालाई वास्तविकता बताउने तर अरु कसैलाई जवाफ दिइरहन आवश्यक नभएको बताइन् । आइयुडिपीको डिटेल फाइल सहरी विकास मन्त्रालय, नगर विकास कोष, एडिबीको केन्द्रीय कार्यालय, खानेपानी बोर्ड र नगरपालिकामा पनि भएकोले मेयर साम्पाङले त्यही आफ्नो प्रश्नको जवाफ पाउने भण्डारीले बताइन् । ‘अख्तियारबाट पनि छानबिन भइसकेको हो, प्राविधिकहरु आएर टेक्निकल अडिट पनि गरिसकेको जानकारी दिईन।

छुटाउनुभयो कि ?

राजनिती

एमालेको समर्थनमा केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । शनिवार प्रदेश प्रमुख समक्ष बहुमत सांसदले प्रत्यक्ष सनाखत गरेपछि कार्की मुख्यमन्त्री
राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद