धरान विशेष

मुख्यमन्त्री कार्कीद्वारा गुम्बाको दिपसना ध्यानकेन्द्रको शिलन्यास र छ्याम नृत्य अवलोकन

कोले न्युज: कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज आईतबार धरान १५ स्थित रहेको ङाग्युर ञीङ्मा ङ्युङने ल्हाखाङ गुम्बाको दिपसना ध्यानकेन्द्रको लागि निर्माण गरिने भवनको शिलन्यास गरेका छन।

बौद्ध धर्मालम्बीरुको ऐतिहासिक मानिएको छ्याम नृत्यलाई अवलोकन गरेका छन। उक्त कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री कार्कीले “धरानले चाहाने हो भने यहाँको पानी भारतीय समेतलाई खुवाउन सक्छ, धरान शिवजी हो यसको जट्टा तमर कुदीरहेको छ तमरको पानी ल्याउन अढाई किलोमिटर मात्र छ उनले धरानेहरु पानी मगन्ते नभएर पानी दाता बन्ने” धारणा व्यक्त गरे।

मुख्यमन्त्री कार्कीले भने “कोशी प्रदेश सरकारले कसैको पहिचान मेटाउने, कसैको पहिचानलाई उकास्ने, कसैको पहिचानलाई दवाउने काम गर्दैन, सवैको पहिचानलाई शिरमा राखेर प्रदेश सरकार अघि बढ्छ”।

प्रदेशका भौतिक पूर्वधार विकास मन्त्री कमल प्रसाद जवेगुले मुख्यमन्त्रीद्वारा शिलन्यास भएको भवनको सफल निर्माण र गुम्बा पुर्व दक्षिणको बाटोलाई कालोपत्रे गर्नको प्रयास गर्ने बताए ।

कार्यक्रममा गुम्वाका प्रमुख लामा राजेन्द्र स्याङ्वोद्वारा रचित मञ्जुश्री तत्व ज्योतिष शास्त्र पुस्तकको प्रमुख अथिति मुख्यमन्त्री कार्कीबाट लोकापर्ण समेत भएको थियो ।
कार्यक्रमको सभापती एवम गुम्बाका अध्यक्ष लोक बहादुर थिङले “मुख्यमन्त्रीद्वारा शिलन्यास भएको भवनमा दिपसना ध्यानकेन्द्र, पुस्तकालय र गुम्बामा अध्यनरत विद्यार्थीको लागि होस्टेल प्रयोजनको लागि निर्माण गरिने जानकारी दिए ।

छ्याम नृत्य अवलोकनको लागि भारत र भुटान बाट बुद्धधर्मालम्वीहरुको सहभागिता रहेको गुम्बाका प्रमुख लामा राजेन्द्र स्याङ्वोले जानकारी दिए ।

उक्त कार्यक्रममा अतिथिहरु कोशी प्रदेश सांसद रमेश बस्नेत, सांसद ममता योञ्जन, आठौं ज्याल्सा ञिङमा साङपो रिन्पोछे, नेकपा एमाले धरान नगर कमिटी अध्यक्ष हर्कजङ एभेङ, जसपा धरान नगर अध्यक्ष ताजुप लिम्बु रहेका थिए ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।