कोले न्युज: नेकपा एमाले धरान उपमहानगरपालिका वडा नं. ११ कमिटीको पार्टी कार्यालय धरान ११ स्थित शान्तिचोकमा स्थापना गरि उद्वाटन गरिएको छ।
माघ ६ गते शनिवार एक कार्यक्रमको आयोजना गरि पार्टीका केन्द्रीय सदस्य मञ्जु भण्डारीले रिवन काटेर उद्घाटन गरेकी छन। उक्त कार्यक्रमका प्रमुख अतिथि भण्डारीले संगठनलाई क्रियाशिल बनाउन संगठनका कार्यालय र अभियान जरुरी भएको बताएकी छन ।
वडा अध्यक्ष किरण राईको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य मीन सुब्बा, नगर अध्यक्ष हर्कजंग एभेङ सुनसरी १(१) का संयोजक नारायण सुवेदी, नगर सहइञ्चार्ज टिका माङले, जिल्ला सदस्यहरु सुवास पौडेल, सुदेश चापागाई, नगर सचिव राजेन्द्र राईलगायतको उपस्थिति रहेको थियो ।