राजनीतिक दलकाे प्रतिनिधि मण्डलले वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानकाे सन्दर्भमा पुर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसकाे सभापति शेरबहादुर देउवासँग भेट वार्ता गरेकाे छ ।
भेटमा देउवा गम्भीर हुँदै स्वासथ्य मन्त्री माेहन बहादुर बस्नेतलाई फाेन गरी प्रतिष्ठानका बारेमा थप जानकारी लिई समस्याकाे समाधान गर्न आवश्यकता परेमा सिनेट बैठक गर्न समेत सुझाएकाे काँग्रेस क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताए ।
टाेलीमा कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्मा, प्रदेश सांसद विजय राई, पुर्व मेयर तिलक राई, काँग्रेस नगर सभापति श्याम पाेखरेल, नेकपा एमाले नगर अध्यक्ष हर्कजंग एभेङ, नेकपा माओवादी केन्द्र नगर अध्यक्ष मनाेज भट्टराई, काँग्रेेस नगर उपसभापति तथा १८ नं. वडा अध्यक्ष प्रविन राई, जसपा नगर अध्यक्ष ताजुव लिम्बू लगायत सहभागी थिए । प्रतिनिधि मण्डलले आजै मुख्य सचिव बैकुण्ठ अर्याल र स्वास्थ्य मन्त्री बस्नेतलाई समेत भेट्ने जानकरी दिएको छ ।