समाज

जाजरकोटका भुकम्प पिडीतलाइ एमाले धरानद्वारा नगद सहयोग

नेकपा एमाले धरान नगर कमिटीले जाजरकोटका भूकम्पपीडितलाई आर्थिक सहयोग गरेको छ। मंगलबार धरानमा आयोजित पत्रकार सम्मेलनमार्फत भूकम्पपीडितका लागि कमिटीले रकम हस्तान्तरण गरेको हो।
एमाले धरानले राहत संकलनका लागि ९ सदस्यीय राहत सङ्कलन समिति निर्माण गरेको संयोजक पारस काङमाङ राईले जानकारी दिए

धरानका जनताबाट सङ्कलन गरिएको रकम थोरै भए पनि सहयोग गर्न सकौ भनेर राहत सङ्कलन गरिएको हो, संयोजक काङमाङले भने, ‘राहत केन्द्रीय कमिटीमा पठाइने छ ।’

नेकपा एमालेले ११ वटा समूह बनाएर अस्थायी बास स्थान निर्माण गरिरहेको अध्यक्ष हर्कजङ एभेङले बताए । उनले केन्द्रीय कमिटीले १ करोड रुपैयाँ प्रदान गर्ने घोषणा गरेकाले त्यसमा धरानले थप गरेको बताए

एमाले स्थायी कमिटी सदस्य शेरधन राईमार्फत एक लाख ६६ हजार ४ सय २५ रुपैयाँ हस्तान्तरण गरे। संकलित रकम केन्द्रीय समितिमार्फत भूकम्पपीडितलाई उपलब्ध गराउने नेता राईले बताए।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले