पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा राष्ट्रिय प्राविधिक महोत्सव आयोजना गर्ने तयारी थालिएको छ।
डेल्टाको पाचौं संस्करण डेल्टा 4.0 ले थीम ग्रीन टेक्नोलोजी अन्तर्गत नेशनल लेभल टेक्निकल फेस्टिबल आयोजना हुने ।
धरान ८ स्थित पूर्वाञ्चल क्याम्पसमा रहेका स्वतन्त्र विधार्थी युनियनको साथै सात वटा इन्जिनियरिङ्ग संकाय सम्बद्ध गैर-राजनीतिक विद्यार्थी समाजहरुको सहकार्यमा स्थापित डेल्टाले नेशनल लेभल टेक्टीकल फेष्टीबल आयोजना गर्दै आएको छ। डेल्टाको पाँचौं संस्करण डेल्टा ४.० ले बिगत झैँ यस वर्ष पनि आयोजना गर्ने जानकारी मंगलबार क्याम्पसमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक कल्याण वास्कोटाले जानकारी दिएका छन ।

त्यसैगरि संयोजक वास्कोटाले थप जानकारीमा दिदै यस वर्षको थिम ग्रीन टेक्नोलोजीमा सञ्चालन नेशनल लेभल टेक्नीकल फेष्टीबलमा देश भरका विश्वविद्यालय, प्रदेश १ मा रहेको विद्यालय साथै प्राविधिक शिक्षा हासिल गरेका विद्यार्थीहरुले विभिन्न प्रतिस्पर्धामा सहभागिता जनाउने छन्। तीन दिनको हुने र करिब बिस हजार उपस्थिति रहने अनुमान गरिएको छ।
थिम ग्रिन टेक्नोलोजीको विधिवत मंगलबार पुर्वाञ्चल ईन्जिनियरिङ क्यापसका प्रमुख काजी राम कार्कि र स्ववियु सभापति नबिन श्रेष्ठले संयुक्तरुपमा उद्वघाटन गरेका छन। टेक्निकल फेस्टीबल भने विगत वर्षझै माघको पहिलो सातादेखि शुरु हुने जानकारी संयोजक वास्कोटाले जानकारी दिएकाछन् ।
उक्त कार्यक्रममा विशिष्ट अतिथि एवं सिभिल विभागका प्रमुख भिषण भुजेलले आफ्नो शुभकामना मन्तब्यमा विधार्थीहरुले यो पढाइ सँगै यस्ता अतिरिक्त क्रियाकलापहरु गर्न जरुरी रहने बताए ।त्यसैगरी क्याम्पस प्रमुख काजीराम कार्कीले पनि शुभकामना मन्तब्यसँगै थिम ग्रिन टेक्नोलोजी सम्बन्धि जानकारी र यसको महत्व माथि प्रकाश पारेका थिए ।
उक्त पत्रकार सम्मेलनमा स्वागत मन्तब्य डेल्टा ४.० का कोरेसपोन्डेन्ट बिशाखा पोख्रेलले गरेकि थिईन भने कार्यक्रम सँचालन विजनेश को- ओर्डिनेटर आशिष् साहले गरेको थियो ।