विपि प्रतिष्ठान धरानका १सय ७७ जना शिक्षक लगायत चिकित्सकहरु द्वारा सामूहिक राजीनामा प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको छन ।
प्रतिष्ठानका पदाधिकारी र आन्दोलनरत शिक्षकबिच गत भदौ २४ गते रोकिएको बढुवा प्रक्रियालाई सुचारु गर्ने सहमति भएको थियो तर सहमति भएको झण्डै एक महिना बिति सक्दा पनि माँगको सुनवाइ नभएपछि शिक्षकहरुले असोज २२ गतेदेखि काम छोडेर विरोधमा उत्रेका थिए ।
यसरी बारम्बार आन्दोलन गर्दा पनि आफूहरूको माग सुनवाई नभएको आन्दोलित चिकित्सक तथा शिक्षकहरूले बताएका छन् । विगत सात वर्षदेखि बढुवा प्रक्रिया रोकिएपछि आन्दोलनमा उत्रिएका चिकित्सक शिक्षकहरूको माग पूरा हुन नसक्दा काममा फर्कन सकेका छैनन् ।
प्रतिष्ठानले आफूहरूको मागलाई पूरा गर्न नसक्ने देखेपछि शिक्षक , चिकित्सकहरूको टोलीहरू काठमाडौँ गएर कुलपति एवं प्रधानमन्त्री र सह कुलपतिलाई समेत ध्यानाकर्षण गरेका थिए ।तर उक्त केन्द्रीकृत आन्दोलन समेतलाई सम्बन्धित पक्ष गम्भीर नभई आश्वासन दिनु बाहेक केही गर्न नसकेको कारण आज आइतबार प्रतिष्ठान हाताभित्र प्रेसविज्ञप्ती जारी गरि चिकित्सक तथा शिक्षकहरूले १ सय ७७ जनाले सामूहिक रुपमा राजीनामा दिएका छन् ।
यसमा प्रतिष्ठानका पदाधिकारी सबै भन्दा बढी जिम्मेवारी भएको उनीहरूको भनाई छ ।
शिक्षक तथा चिकित्सकहरूको आन्दोलनको कारण बिरामीले समेत सास्ती भोग्नु परेको छ । र उनीहरूले यसको सम्पूर्ण जिम्मेवारी प्रतिष्ठानका पदाधिकारी रहेको बताएका छन ।
प्रतिष्ठानका शिक्षक कल्याण समाजका अध्यक्ष शेहराज अहमत खानले प्रेस विज्ञप्ति मार्फत प्रतिष्ठान २०५५ नियमावली अनुसार सञ्चालन भएको बताउदैन मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भइसक्दा पनि नयाँ नियमावली बनाउने कुरामा उनीहरूको ध्यान जान नसकेकैले यसको असर बढुवा प्रक्रियामा समेत परेको बताएका छन् ।
दुई तिहाइको बढुवा प्रक्रिया सुचारु भएर रोकिएपछि पुन : हुन नसक्दा आफूहरूले प्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीलाई ध्यानाकर्षण गराउँदा सकारात्मक कुरा आएपछि प्रतिष्ठानले गम्भीरता नदेखाएसम्म केन्द्रको ध्यान नजाने भएकोले ध्यानाकर्षणका लागि समय समयमा झकझकाउन आन्दोलन गरेको बताएकाछन् ।
त्यसैगरी डाक्टर विष्णु पोख्रेले आन्दोलनतिर शिक्षक प्रतिष्ठानका शिक्षक तथा चिकित्सकको आन्दोलनको कारण समग्र विद्यार्थीहरूले समस्या भोग्नुपरेको भन्दै केही दिन अगाडि समस्या समाधान गर्न र चिकित्सकहरूको आन्दोलनलाई सहजतातर्फ फर्काउन विद्यार्थीहरूले शान्तिपूर्ण -र्यालीको समेत आयोजना गरेका थिए ।
प्रतिष्ठानमा एमबीबीएसमा स्नातक तह, बिडिएस, नर्सिङ, एलाएन्स साइन्सअन्तर्गत विएस्सी, एमआइटी लगायत पढाइ हुने गरेको छ । शैक्षिक शाखा नै तालाबन्दी गरेर आन्दोलनमा उत्रिएका शिक्षक तथा चिकित्सकका कारण नियमित हुने परीक्षा समेत सुचारु हुन सकेको छैन ।
समग्रमा भन्दा शिक्षक तथा चिकित्सकले सामुहिक रुपमा दिएको राजीनामाका कारण प्रतिष्ठानको समग्र सेवा नै प्रभावित बनेको छ, यसतर्फ सम्बन्धित पक्ष गम्भीर नभए बिरामी उपचार पूर्णरुपमा बन्द हुन सक्ने सम्भावना देखिन्छ ।