मनोरञ्जन समाचार

धरान फिल्म फेस्टिभल : कार्यशालाको लागि आवेदन खुल्यो

आगामी मंसिर २७-२८ मा धरानमा आयोजना हुन लागेको पहिलो धरान फिल्म फेस्टिवल –२०८३ मा निःशुल्क कार्यशालाका लागि आवेदन खुलेको छ । आयोज विपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.ले फेस्टिवलको आधिकारीक फेसबुक पेजमार्फत आवेदन फारम खुलेको जानकारी गराएको हो ।

कार्यशालामा तीन जना मेन्टरहरु लेखक तथा निर्देशक प्रदिप भट्टराई, कलाकार तथा निर्माता रविन्द्र सिंह बानिया तथा स्कृप्ट डाक्टर मनोज पण्डितले सहजीकरण गर्ने फेस्टिभलका निर्देशक विनोद विश्वकर्माले जानकारी दिए ।

उनका कार्यशाला तथा मास्टर क्लासमा कलाकार तथा निर्माता बानिँयाले चलचित्र उद्योग र करियरका अवसरहरू, कथा वाचन र चलचित्र निर्माणसम्बन्धी आधारभूत विषय, अभिनय र निर्देशनभन्दा बाहिरका भूमिका, प्रविधि, एआई र सिनेमाको भविष्य, चलचित्र व्यवसाय र उद्यमशीलता विषयमा सहजीकरण गर्नेछन् । त्यस्तै लेखक तथा निर्देशक भट्टराईले स्थानीय कथादेखि मुलधारको नेपाली सिनेमासम्म र स्कृप्ट डाक्टर पण्डितले चलचित्र निर्माताजस्तै कसरी सोच्ने भन्ने विषयमा सहजीकरण गर्नेछन् ।

कार्यशालामा सहभागी हुन इच्छुक सहभागीहरुले फेस्टिवलको वेबसाइटमा गएर निशुल्क रुपमा आवेदन दिन सक्ने इभेन्ट म्यानेजर आर.बी.कट्वालले जानकारी दिए । उनका अनुसार फेस्टिबलको वेबसाइटसँगै इभेन्ट व्यवस्थापन इभेन्टलयको वेबसाइट तथा एपबाट समेत नाम दर्ता गर्न सकिनेछ ।

कार्यशाला पहिलो दिन दुई मेन्टर र दोस्रो दिन एक मेन्टरबाट सञ्चालन हुनेछ । जहाँ १८ देखि ४० वर्षसम्मका चलचित्र, लेखन, निर्देशनमा रुचि हुनेहरुले नाम दर्ता गर्न सक्नेछन् ।

कोशी प्रदेशलाई चलचित्र हब बनाउनका लागि कोशी भित्रका चलचित्र निर्माणमा रुचि राख्ने, लेखनमा रुचि राख्ने, युवा तथा नजआगन्तुक चलचित्रकर्मीलाई कार्यशालाले थप महत्वपूर्ण भूमिका खेल्ने निर्देशक विश्वकर्माले जानकारी दिए ।

आवेदन १५ मंसिरसम्म भरिसक्नुपर्ने आयोजकले जनाएको छ ।

छुटाउनुभयो कि ?

मनोरञ्जन समाचार सौन्दर्य

निवा लिम्बू बनिन् दोस्रो मिस धरान आइकन- २०२३

तपाईं धरानको नगर प्रमुख हुनु भयो भने के गर्नुहुन्छ ? मुख्य निर्णायक गगनमान श्रेष्ठको प्रश्नको सटिक उत्तर प्रस्तुत गर्दै धरान
मनोरञ्जन समाचार

परदेशी २ चलचित्र टिम धरानमा

नेपाली कथानक चलचित्र “परदेशी २” अल नेपाल रिलिज हुने भएको छ।चलचित्र प्रमोशनका क्रममा नायक नायिका सहित धरान आईपुगेका चलचित्रका निर्माता