खेलकुद

सीम तित्राको संरक्षण अभियानलक्षित स्टोन स्किपिङ च्याम्पियनसिप, कार्तिक २४ गते

बराहक्षेत्र: लोपोन्मुख पानीचरा सीम तित्राको संरक्षण र प्रचारप्रसारलाई जोड दिँदै सुनसरीको मधुवनमा चौथो स्टोन स्किपिङ च्याम्पियनसिप आयोजना हुने भएको छ ।

आगामी कार्तिक २४ गते वराहक्षेत्र-११ मधुवनमा प्रतियोगिता आयोजना गरिने भएको छ । आयोजक चतरा हाइकिङ समूहले विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बिहान १० बजेदेखि सुरु हुने जानकारी दिएको हो । कोशी पन्छी समाजको सहकार्यमा ‘जैविक विविधताको संरक्षण, स्थानीय पर्यटन र मौलिक खेलको प्रवर्धन’ मूल नारासहित स्टोन स्किपिङ च्याम्पियनसिप आयोजना हुन लागेको चतरा हाइकिङका संस्थापक नवराज विष्टले जानकारी दिए ।

यस वर्ष मधुवन क्षेत्रको पर्यटन प्रवर्धनसँगै कोशीटप्पु वन्यजन्तु आरक्षमा पाइने लोपोन्मुख पानीचरा सीम तित्रा (स्वाम्प फ्रान्कोलिन) को प्रचारप्रसार र संरक्षणलाई विशेष प्राथमिकता दिइएको आयोजकको भनाइ छ ।

सीम तित्राको संरक्षणसम्बन्धी सन्देश फैलाउने उद्देश्यले प्रतियोगितालाई जैविक विविधता र स्थानीय पर्यटनसँग जोड्दै प्राकृतिक सम्पदाको प्रचारसँगै मौलिक खेलको प्रवर्धन गर्ने अभियानलाई यस वर्ष मधुवनको तीनटोलिया पोखरीसम्म विस्तार गरिएको हो ।

यसअघि चतरा हाइकिङ समूहले सप्तकोशी नदी, चतरा नहर र अमाहा सिमसारमा स्टोन स्किपिङ प्रतियोगिता आयोजना गरेको थियो । ती क्षेत्रको पर्यटकीय तथा जैविक महत्व उजागर गर्दै आएको समूहले यसपटक मधुवनलाई प्रतियोगिताको स्थल बनाएको हो ।

स्टोन स्किपिङ अर्थात् पानी सुल्के नदी, नहर, ताल वा पोखरीको सतहमा चेप्टो ढुङ्गा फ्याँकेर पटक–पटक उफार्ने खेल हो । ढुङ्गा पानीमा कति पटक उफ्रिन्छ भन्ने आधारमा प्रतिस्पर्धीको नतिजा निर्धारण गरिन्छ । नेपालका जलस्रोत आसपासका समुदायमा परम्परागत रूपमा मनोरञ्जनका लागि खेलिँदै आएको यस गतिविधिलाई प्रतियोगितात्मक स्वरूप दिने पहल चतरा हाइकिङ समूहले गरेको हो ।

२०७९ सालदेखि चतरा आसपासका हाइकिङ मार्ग, ऐतिहासिक तथा पुरातात्त्विक स्थलको प्रचार र संरक्षणमा सक्रिय समूहले स्टोन स्किपिङ प्रतियोगितालाई पनि आफ्नो अभियानको हिस्सा बनाएको छ ।

प्रतियोगितामा प्रथम हुनेले २५ हजार रुपैयाँ, दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक