अन्तर्राष्ट्रिय समाचार

भोटेकोशी बाढिपिडितको सहयोगार्थ हङकङमा “दशै तिहार फेस्ट”

बिकास चाम्लिङ राई


हङकङ: नेप्लिज आर्ट एण्ड इन्टरटेन्मेन्ट कम्युनिटी हङकङको आयोजनामा अक्टुबर १८ आइतबारको दिन “दशै तिहार फेस्ट २०८३” भव्य रुपमा सम्पन्न भएको छ ।
“एक भइ हातमा हात मिलाएर पुन: निर्माण र परिवर्तनमा सहभागी हौ ” भन्ने नाराका साथ रसुवाको भोटेकोसीमा भदौ १० गते आएको बाढीले पिडित भएकाहरुको सहयोगार्थ कार्यक्रमको आयोजना गरिएको थियो । हङकङको जोर्डन स्थित एभरेस्ट रेष्टुरेन्टको हलमा सम्पन्न कार्यक्रममा हङकङमा रहेका नेपाली कलाकारहरुको मात्र प्रस्तुती रहेको थियो ।
यसै वर्ष मात्र स्थापना भएको संस्थाको यो पहिलो कार्यक्रम रहेको सस्थाका अध्यक्ष सेनिस गुरुङले बताएको छ । संस्थाको उद्देश्य हङकङमा रहेको नेपालीहरुमा रहेको क्षमता अभिबृद्धी तथा उनिहरुमा भएको क्षमतालाइ प्रफुटन गर्दै सामाजिक काम गर्ने रहेको अध्यक्ष गुरुङले बताए । क्षमता भएका धेरै हङकङमा रहेको नेपालीहरु भए पनि अवसर नपाउदा त्यसै हराएर गएको गुरुङले बताए । हाम्रो उद्देश्य भनेकै उनिहरुको क्षमता उजागार गर्ने साथै सम्भावना भएकाहरुलाइ प्रोत्साहन गर्ने रहेको बताए ।
यो पहिलो कार्यक्रममा साङ्गितिक तर्फको युवाहरु मात्र समेटिए पनि संस्थाले सबै क्षेत्रका क्षमता भएकाहरुलाइ प्रोत्साहन गर्ने तथा समेटने रहेको छ ।
आइतबार सम्पन्न कार्यक्रममा पाच सय जना भन्दा बढिको सहभागिता रहेको थियो । कार्यक्रमा हङकङेली नेपालिहरुको ब्यण्ड अशान्त एण्ड साजन , उत्पत्ति र द मेल रकले प्रस्तुती दिएका थिए । यसै गरि नेपालीद्वारा संचालित ग्यालेक्सि डान्स स्टुडियो, सिभाइन डान्स स्टुडियो र संयुक्त डान्स सेन्टरका कलाकारहरुले प्रस्तुती दिएका थिए ।
कार्यक्रम बाट उठेको रकम भोटेकोशी प्रधानमन्त्री राहत कोषमा जम्मा गरिदिने अध्यक्ष गुरुङले जानकारी गराए ।
कार्यक्रममा धरान हङकङ मन्चका अध्यक्ष संजोक राई, बास्केटबलका पुर्व राष्ट्रिय प्रशिक्षक एवं धरान हङकङ मन्चका सचिब बिकाश चाम्लिङ राई, धरान युथ एशोसिएसनका अध्यक्ष अमोद तुलाधर, युवा नेता अर्जुन लिम्बू, युवा नेता तथा मन्चका सदस्य आबिष्कार लिम्बू लगायत बिशेश अतिथिको रुपमा उपस्थिती रहेको थियो ।

छुटाउनुभयो कि ?

अन्तर्राष्ट्रिय समाचार

हङकङमा नेपाली व्यवसायीद्वारा जव लिंक कनेक्ट एप सार्वजनिक

हङकङमा नेपाली समुदायका व्यवसायीद्वारा विकसित जव लिंक कनेक्ट मोबाइल एपको बेटा संस्करण सोमबार औपचारिक रूपमा सार्वजनिक गरिएको छ। नेपाली समुदायले
अन्तर्राष्ट्रिय समाचार

किरात राई समाजद्वारा स्पेनमा मनाए उभौली

सोल: किरात राई समाज स्पेनले उभौली चाड मनाएका छन् ।स्पेनको राजधानी म्याड्रिड स्थित मे १० तारिक सोमबारका दिन किरात राई