धरान विशेष

धरान–१८ को गोल्डेन लाईफ होटलबाट प्रतिबन्धित औषधिसहित बिरामीका कागजात बरामद


धरान: धरान उपमहानगरपालिका–१८, आदर्श मार्गस्थित गोल्डेन लाइफ होटल एण्ड लजबाट प्रहरीले विभिन्न प्रकारका प्रतिबन्धित औषधि तथा बिरामीसँग सम्बन्धित कागजात बरामद गरेको छ ।
अनुगमनका क्रममा होटलबाट लोरि १ का १२७ ट्याब्लेट,लोरि २ का ३७८ ट्याब्लेट, भिबलका १३ क्याप्सुल, मिजोभिना ५ एमलएल १ सिसी तथा नोटो फोल डि ९ क्याप्सुल बरामद गरिएको छ ।
यसैगरी,एक थान नेपाली राहदानी, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १३८ थान बिरामी पुर्जी,७ थान स्वास्थ्य बीमा कार्ड र २ थान नेपाली नागरिकता समेत फेला परेको प्रहरीले जनाएको छ ।
बरामद गरिएका औषधि तथा कागजातहरू आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।