स्वास्थ्य/जिवनशैली

विजयपुर अस्पतालद्वारा एक्वा स्कुललाई सहुलियतमा स्वास्थ्य सेवा


धरान १० स्थित विजयपुर अस्पताल र धरान–१७ स्थित एक्वा डाइनास्टी इंग्लिस स्कुलवीच मंगलबार सहुलियत स्वास्थ्य सेवाको सम्झौता भएको छ ।

विजयपुर अस्पतालले एक्वा डाइनास्टी इंग्लिस स्कुलका अभिभावक, शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई १० देखि २० प्रतिशतसम्म उपचारमा छुट दिइने सम्झौता भएको हो ।

स्कुल र अस्पतालवीचमा २० प्रतिशतसम्म छुट दिइने सम्झौता भएको एक्वा स्कुलका विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी र सञ्चालकहरू प्रति सामाजिक उत्तरदायी तथा जिम्मेवार बन्न उक्त सम्झौता गरिएको अस्पतालका प्रमुख प्रशासक इन्दु नेपाल योन्जनले बताए।

सम्झौताले स्कुल परिवारलाई उपचारमा सुविधा र थप राहत पुग्ने विश्वास रहेको स्कुलका डाईरेक्टर अनिस राईले विश्वास व्यक्त गरे।

सम्झौतामा औषधि (फार्मेसी) सेवामा १० प्रतिशत, स्वास्थ्य परीक्षणमा १५ प्रतिशत तथा अस्पताल भर्ना (इनपेसियन्ट) सेवामा २० प्रतिशतसम्म सहुलियत उपलब्ध गराइनेछ।

सहुलियत सेवा लिनका लागि स्कुल संग आवद्व रहेको आफ्नो परिचय खुल्ने कागजात अनिवार्य रूपमा अस्पतालमा पेश गर्नुपर्नेछ। अन्यथा सहुलियत सुविधा उपलब्ध नहुने अस्पतालले जनाएको छ।

सम्झौतामा अस्पतालका तर्फबाट मेडिकल डाईरेक्टर, हाडजोर्नी विभाग प्रमुख डा.जनक दास तथा प्रमुख प्रशासक इन्दु नेपाल योन्जन र विद्यालयका तर्फबाट डाइरेक्टर अनिस राईको सहभागिता रहेको थियो।

छुटाउनुभयो कि ?

धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।
धरान विशेष स्वास्थ्य/जिवनशैली

विपी प्रतिष्ठानका चिकित्सकहरूको सामूहिक राजिनामा 

विपि प्रतिष्ठान धरानका १सय ७७ जना शिक्षक लगायत चिकित्सकहरु द्वारा सामूहिक राजीनामा प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको छन । प्रतिष्ठानका