समाज

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड धरान शाखाद्वारा मानव सेवा आश्रममा सहयोग

धरान: सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड धरान शाखा कार्यालयले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत मानव सेवा आश्रम, धरानमा आश्रित व्यक्तिहरूलाई खाद्यान्न सहयोग वितरण गरेको छ।

आज आयोजित कार्यक्रममा आश्रममा रहेका करिब ३६ जना असहाय, अशक्त तथा बेसहारा व्यक्तिहरूका लागि आवश्यक खाद्यान्न सामग्री हस्तान्तरण गरिएको हो। कार्यक्रममा आश्रमका जिल्ला संयोजक निर्मला दर्लामी मगर तथा बैंकका धरान शाखा प्रमुख विष्णु प्रसाद पोखरेलसहित कर्मचारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै शाखा प्रमुख पोखरेलले मानव सेवा नै सबैभन्दा ठूलो धर्म भएको उल्लेख गर्दै बैंकले समाजप्रति आफ्नो जिम्मेवारी बोध गर्दै यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको बताए। उनले बैंकले हरेक वर्ष देशभरका शाखामार्फत निःशुल्क स्वास्थ्य शिविर, शैक्षिक सामग्री वितरण, सरसफाइ तथा हरियाली प्रवर्द्धनलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए।

सन् २०६४ सालमा स्थापना भएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हाल देशभर २०० शाखा, १६९ एटीएम, ३ एक्सटेन्सन काउन्टर र ४२ शाखारहित बैंकिङ सेवा मार्फत करिब २० लाख ग्राहकलाई सेवा दिँदै आएको छ। साथै, फोनपे सँगको सहकार्यमा बैंकले नेपालमै पहिलोपटक भर्चुअल क्रेडिट कार्ड सेवा समेत सञ्चालनमा ल्याएको छ।

बैंकले आफ्नो सेवा तथा कार्यसम्पादनका आधारमा अन्तर्राष्ट्रिय स्तरमा समेत सम्मान प्राप्त गर्दै आएको जनाएको छ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले