धरान विशेष

धरान खानेपानी बोर्डको पहिलो निर्णयः एक साताभित्र सबै कारोबार अनलाइन


धरान: धरान खानेपानी बोर्डका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अईन्द्र विक्रम बेघाले खानेपानी सम्बन्धी बिलिङ र सम्पूर्ण आर्थिक तथा प्रशासनिक कारोबार एक साताभित्र अनलाइन प्रणालीबाट सञ्चालन गरिने घोषणा गरेका छन्।
सोमबार खानेपानी बोर्डमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष बेघाले एक साताभित्र बोर्डको आधिकारिक वेबसाइट सञ्चालनमा ल्याइने जानकारी दिए। वेबसाइटमार्फत बोर्डको आय–व्यय विवरण, सूचना, सेवाग्राही फाराम, नयाँ धारा जडान र बिल भुक्तानी तथा व्यक्तिगत अभिलेख हेर्ने व्यवस्था अनलाईन मार्फत गरिने उनले बताए।
हाल सेवाग्राहीले निवेदन तथा प्रशासनिक कामका लागि उपमहानगरपालिकासम्म धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै बोर्डमार्फत छिटोछरितो सेवा प्रदान गरिने बताए। बेघाले लेखा प्रणालीलाई पारदर्शी बनाउन बोर्डको आर्थिक कारोबार डिजिटाइज गरिने र आवश्यक ऐन, नियम तथा कानुन निर्माणको प्रक्रिया पनि सुरु गरिनेछ।
खानेपानी बोर्डले प्रत्येक महिना आफ्नो आर्थिक विवरण सार्वजनिक गर्ने निर्णय गरे। सम्मेलनमा धरानको हालको पानी उत्पादन अवस्थाबारे पनि जानकारी दिदै भूमिगत स्रोततर्फ उद्य सामुदायिक वनमा रहेको ३ वटा वेलबाट दैनिक १७ लाख लिटर र चारकोसे जंगलका ११ वटा वेलबाट दैनिक १ करोड ४० लाख लिटर पानी उत्पादन सतह स्रोततर्फ सर्दु–खर्दुबाट ६० लाख, निसानेबाट ३ लाख लिटर,पकुवा खोलाबाट २ लाख र कोकाह उपभोक्तासँगको सम्झौता अनुसार २ लाख,कोकाहबाट १० लाख, नयाँ ट्यांकीबाट ४ लाख, भालु खोलाबाट २ लाख पानी आएको छ ।

पुराने स्रोत तथा वेलबाट हाल धरानमा दैनिक करिब २ करोड ४० लाख लिटर पानी उत्पादन भइरहेको खानेपानी बोर्डले जनाएको छ। प्रदेश सरकारको सहयोगमा निर्माण गरिएका तीन वटा वेलबाट अनुमानित ४० देखि ५० लाख लिटर पानी थप उत्पादन हुने अपेक्षा गरिएको छ। बेघाले धराने जनतालाई दैनिक करिव ३ करोड लिएर पानी आवश्यक रहेको भन्दै पुरानो स्रोत तथा वेृलबाट २ करोड ४० लाख पानी उतपादन भैरहेको र निर्वतमान नगरप्रमु्ख हर्क साम्पाङले ल्याएकोे भालु खोला कोकाह भाग १ र भाग २ बाट २० लाख गरि जम्मा २ करोड ६० लाख पानी उत्पादन भै रहेको बताए ।
अध्यक्ष बेघाले कर्मचारीलाई कडाइका साथ निर्देशन दिँदै चुनावी प्रचारमा संलग्न देखिए तत्काल कारबाही गरिने चेतावनी दिए। कुनै पार्टी कार्यालयतर्फ मात्र पानी पठाइएको पाइएमा तत्काल छानबिन हुने र पानी चुहावटमा संलग्न कर्मचारी प्रमाणित भए कारबाही गरिने उनले बताए। पानी चुहावट नियन्त्रणका लागि विशेष पहल गरिने र उत्पादन तथा वितरणसम्बन्धी विवरण निकट भविष्यमा सार्वजनिक गरिने पनि उनको भनाइ छ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।