खेलकुद

सातौँ डिआइजी रनिङ कप: नेपाल पुलिस रेड र सिद्धार्थ फाईनलमा प्रवेश


धरान: कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करण अन्तर्गत पहिलो क्वाटरफाईनलको पहिलो खेलमा नेपाल पुलिस रेड र दोस्रो खेलमा सिद्धार्थ स्कुल ट्राईबेकरबाट सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार नेपाल प्रहरी प्रदेश कार्यालय धरानस्थित फुटबल मैदानमा जारी पहिलो क्वाटर फाईनल खेलमा नेपाल पुलिस रेडले निधी सेकेण्डरी स्कुल विर्तमोडलाई २–१ ले हराउँदै सेमी फाइनलमा पुगेको छ । नेपाल पुलिस रेडका उज्वल थापाले पहिलो हाफको २४ मिनेटमा १ गोल र दोस्रो हाफको ४५ औ मिनेटमा समिर राईले १ गोल गरे । निधी स्कुल विर्तामोडका आदर्श मेचेले पहिलो हाफको ९ मिनेटमा १ गोल र्फकाए ।


खेलको म्यान अफ द म्याच नेपाल पुलिस रेडका समिर घोषित भए । उनले नगद १ हजार ५ रुपैयाँ पुरस्कार प्राप्त गरे।
पहिलो क्वाटर फाईनलको दोस्रो खेलमा सिद्धार्थ सेकेण्डरी स्कुल सुन्दरहरैँचा मोरङले ट्राईबेकर मामाउण्ट हर्मन धरानलाई ३–२ गोलको अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो।
प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमा दुवै तर्फबाट गोल बराबरी भएपछि खेलको निर्णय ट्राईबेकरमा पुगेको थियो । ट्राईबेकरमा सिद्धार्थका स्कुलका अनिस राई, निपेश तामाङ र कमल कार्कीले गोल गरे भने जेम्स देवान र आयुष लिम्बूले गोल प्रहार विफल भएको थियो । माउण्ट हर्मन एकेडेमीका सुदिन तामाङ र प्रिन्स बिष्टले गोल गरे भने सिकुम लावती ,राजदिप तामाङ र सुवर्ण लोहनी गोल गर्न असफल भए ।खेलको म्यान अफ द म्याच सिद्धार्थ स्कुलका गोल रक्षक आयुष लिम्बू घोषित भए । उनले नगद १ हजार ५ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे।
प्रतियोगिताको विजेताले ट्रलीसहित नगद ८१ हजार ५ रुपैयाँ र उपविजेताले ट्रलीसहित नगद ४१ हजार ५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगितामा कोशी प्रदेशका १६ विद्यालय सहभागी छन्।
प्रतियोगिताको मंगलबार हुने दोस्रो क्वाटर फाइनलको पहिलो खेलमा प्रभात सेकेण्डरी स्कुल धरान र दिल्ली पव्लिक स्कुल विराटनगर बिच हुने छ भने दोस्रो खेलमा नेपाल पुलिस स्कुल धरान निलो र पिनाकाल ज्ञान मन्दिर कानेपोखरी मोरङ बिच हुने आयोजकले जनाएको छ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक