समाज

धरानमा तीन दिने यमरी उत्सव घर–घरमा यमरी राखिँदै सांस्कृतिक प्रदर्शन


धरान : नेवार समुदायको परम्परागत पर्व यःमरी पुन्हीको अवसरमा धरान–३ स्थित गल्ली टोल शंखरधर साख्वा चन्द्रपुर बजार, चिनियाँ चोक र जल्पा रोडमा मंसिर २७ देखि २९ गतेसम्म तीन दिने यमरी उत्सव मनाइने भएको छ।
आयोजक पासा खलः धरानले मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन्। तीन दिनसम्म चल्ने उत्सवमा घर–घरमा यमरी राख्ने परम्परा, सांस्कृतिक झाँकी, नेवारी नाच–गान, परम्परागत भेषभूषा प्रदर्शन, र नेवारी खानाका स्टलहरू रहने आयोजकले बताएका छन्।
यमरी पर्व यःमरी पुन्ही नेवार समुदायको महत्वपूर्ण पर्व हो। यस उत्सवले स्थानीय संस्कृति जगेर्ना, परम्परा संरक्षण, र समुदायगत पहिचान मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले लिएको छ ।
धरानमा लगातार ६ वर्षदेखि मनाइँदै आएको यमरी उत्सवले स्थानीय बासिन्दा, पर्यटक, र सांस्कृतिक समूहबीच मेलमिलाप र सांस्कृतिक एकता बढाउने माध्यमको रुपमा काम गरेको आयोजक समितिले बताएको छ । उत्सवमा करिब २ सय जना सांस्कृतिक कलाकारले धिमे नृत्य, बाँसुरी, मादल, नत्यखी, धा बाजा लगायतको संयुक्त प्रस्तुति दिने भएका छन्।
खलका महासचिव अमृत श्रेष्ठ आचार्जुले भने, “यमरी केवल खानाको परिकार मात्र नभएर नेवार जातिको सांस्कृतिक पर्व पनि हो। नेवार जातीको परिकार, संस्कार,संस्कृतिको संरक्षण र प्रवर्द्धनको लागि उत्सव आयोजना गरिएको हो।
महासचिव आचार्जुले उत्सव स्थलमा गत वर्ष जस्तै ५ फिटको यमरी नगर परिक्रम गरिने तयारी गरिएको छ। उत्सवमा परम्परागत नेवारी परिकार र बहुजातिय खानाका परिकारहरू सहितको २५ देखि ३० वटा स्टलमा राखिने भएको छ ।
यमरीलाई नेपाली सेफ सन्तोष शाहले सन् २०२० मा विश्वस्तरमा प्रस्तुत गरेका थिए। आधुनिक तरिकाले प्रस्तुत गरेको यमरीलाई निर्णायकहरूले सांस्कृतिक महत्व र मौलिकताका आधारमा प्रशंसा गरेपछि नेपाली परिकार अन्तर्राष्ट्रिय स्तरमा परिचित बनेको आयोजकले बताएका छन।
उत्सवले स्थानीय सांस्कृतिक पर्यटन, परम्परागत सीप, र सांस्कृतिक व्यवसायिकरण प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। आयोजकले नगरवासी, सामाजिक संस्था, सरकारी तथा गैर–सरकारी निकायहरूलाई आर्थिक सहयोगका लागि पनि अनुरोध गरेका छन्।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले