खेलकुद

धरान अन्तर वडा महिला नकआउट रनिङकप: धरान ११ सेमिफाईनलमा


धरान: धरान नगर अन्तर वडा महिला फुटबल प्रतियोगिताको खेलमा धरान ११ ले धरान १३ लाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
धरान रङ्गशालामा जारी खेलमा निर्धारित ६० मिनेटको खेलमा धरान ११ का खेलाडी अमृता राईले १४ औ मिनेटमा १ गोल, शिक्सा याक्खाले १७ औ र ३५ औ मिनेटमा २ गोल, प्रश्ना राईले खेलको २६ औ र ३२ औ मिनेटमा २ गोल र अनिसा राईले ४३ औं मिनेटमा १ गोल गरिन् ।

खेलको ‘फेयर प्ले अफ द म्याच धरान ११ की अमृता राई घोषित भइन् । राईले नगद २ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरिन् । मङ्सिर २७ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ९० हजार र उपविजेताले ४५ हजार रुपैयाँ पाउनेछ ।
व्यक्तिगत विधातर्फ ‘फेयर प्ले अफ द म्याच’ विजेताले २ हजार, उत्कृष्ट मिड फिल्डर र किपरले ३ हजार ५ सय र उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको आयोजना जनपथ जागरण समाज, धरान १६ ले गरेको हो ।
भोली हुने प्रतियोगिताको पहिलो सेमिफाईनल खेल धरान १७ र २० का बिच हुने आयोजकले जनाएको छ ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक