महिला/बालबालिका

६१ औँ बालदिवस: ६१ जना बालबालिकालाई शैक्षिक सामाग्री बितरण, पत्रकारलाई सम्मान

धरान: बाल संजाल धरान ११ ले ६१ औँ बालदिवसको अवसरमा आज मंगलबार धरान ११ मा रहेको ज्ञानोदय माध्यमिक बिद्यालयको सभा हलमा एक कार्यक्रम आयोजना गरेर बालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण र बाल हिंसा बिरुद्व कलम चलाउने पत्रकारहरुलाई सम्मान गरेको छ।

प्रत्येक बर्ष भदौ २९ गते मनाउदै आएको बाल दिवस यस बर्ष जेन-जीको आन्दोलनका कारण केही पछि कार्यक्रमको आयोजना गरेको हो। धरान ११ वडा बाल सञ्जाल धरानले बाल यौनहिंसा बिरुद्व कलम चलाउदै आएका पत्रकारद्वय कोले न्युजका रोहित कुलुङ राई, कपुरी न्युजका रश्मि प्रधान र समाजसेवी धरान ११ का रोहित बुढाथोकीलाई सम्मान गरिएको थियो। धरान ११ का ६१ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री कापी र पेन्सील प्रदान गरिएको थियो। उक्त कार्यक्रमका प्रमुख अतिथी वडा नम्बर ११ का वडा अध्यक्ष लोकेन्द्र फागो सहित कार्यपालिका सदस्य रविन गुरुङले पत्रकारद्धयलाई नगद ५ /५ हजार सहित सम्मानपत्रले सम्मान गरिएको थियो।

प्रमुख अतिथी फागोले बाल सञ्जालले समाजमा भएको बालबालिकाको गतिविधी मुल्याङकन गर्दै बालबालिकाको क्षेत्रमा महत्वपूर्ण कार्य गरेको बताए । अझ आगामी दिनमा पनि बालबालिकाको हक र हित संरक्षणमा लागि पर्न आग्रह गरे । फागोले वडा कार्यालयको आर्थिक सहयोग र बाल सञ्जालको सहकार्यमा वडाका बालबालिकालाई प्राविधिक शिक्षा अन्तरगत ६ महिने कम्प्युटर तालिम प्रदान गरिएको बताए । उनले ११ वडा बाल सञ्जालले राम्रो काम गरेको भन्दै प्रशंसा गरे ।

सञ्जालका अध्यक्ष रोजन शंकर लगायतको कार्यसमितीले धरानमा भएका बालबालिकाहरुको बाल यौन दुर्व्यवहारको घट्ना उजागर गदै बालअधिकारको बिषय क्रियाशिल रहेको छ । बाल सञ्जालले धरान १६ मा भएको बालिका यौन दुर्ब्यवहार र धरान ११ स्थित ज्ञानोदय स्कुलका शिक्षकद्धारा स्कुलका बालिका माथि गरेको दुर्व्यवहारको खुलेर विरोध गर्दे बाल अधिकारको बिषय उठानमा महत्वपूर्ण भुमिका निर्वाह गर्दे आईरहेको सञ्जाल अध्यक्ष शंकरले बताए ।

उनले २ महिना अघि श्रमदाताद्धारा बालिकामाथि भएको यौन दुर्व्यहार लुकाएको बिषयबस्तुलाई उठान गर्दै बाल यौन दुर्व्यवहारको घट्ना खुलासा गर्दै कलम मार्फत यौनदुराचारी खजिन्द्र राई लाई कानुनी कठघरामा पुर्‍याउन पत्रकारीता क्षेत्रबाट महत्वपुर्ण भुमिका निर्वाह गर्नु भएका पत्रकारद्धयलाई धन्यवाद दिदै अझ बालहिंसाको बिरुद्वमा कलम चलाई राख्न आग्रह गरे ।

संस्थाका अध्यक्ष रोजन शंकरको अध्यक्षमा भएको कार्यक्रममा धरान ११ का बालबालिकाहरुको उल्लेखिया सहभागिता रहेको थियो।

छुटाउनुभयो कि ?

आर्थिक महिला/बालबालिका

विलिभर्स स्कुलले अभिभावकलाई सिकायो अचार बनाउने सीप

धरानः धरान–५ स्थित डिपी विलिभर्स स्कुलका अभिभावकहरूको लागि एकदिने खाद्य स्वच्छता तथा अचार बनाउने तालिम सम्पन्न भएको छ ।स्कुलका प्राचार्य
महिला/बालबालिका

देउसी भैलोको रकमबाट बिद्मार्थीलाई शैक्षिक सामाग्री वितरण

धरान- १५ नमुना श्रुर्तीमार्ग टोलमा रहेको गृह श्रमिक महिला ढाका लघु उद्ममी समाज नेपालले देउसी भैलो बाट जम्मा भएको रकम