अपराध

धरानमा भएको घट्नामा संलग्नलाई कडा कारबाहीको माग राख्दै ६ जनाले दिए किटानी जाहेरी


धरान: जेन-जीको आन्दोलनको आवरणमा व्यक्तिगत सम्पत्ति तोडफोड, आगजनी र लुटपाट गर्नेलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै आज विहीबार ६ जनाले ईलाका प्रहरी कार्यलय धरानमा किटानी जाहेरी दिएका छन् । भदौ २३ र २४ गते भएको जेन-जीको आन्दोलन समाप्त भइसकेपछि भएको तोडफोड, आगजानी र लुटपाट आन्दोलनका नाममा व्यक्तिगत रिसिइवी साँध्ने नियतले भएको भन्दै संलग्नलाई कडा भन्दा कडा कारबाहीको माग गरेका छन्।

मंगलबार धरान उपमहानगरपालिकाका पूर्व मेयर मनोज मेन्याङ्बाले व्यक्तिगत सम्पत्ति तोडफोडसँगै आगजानीमा संलग्नमाथि कारबाहीको माग गर्दे उजुरी दिएको दुई दिनपछि अर्थात आज विहीबार एकै पटक ६ जना पीडितले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दर्ता गराएका छन् ।
उजुरी दर्ता गराउनेहरुमा पूर्व संघीय सांसद जयकुमार राई, नेपाली काँग्रेस कोशी प्रदेशका महामन्त्री उमेश थापा, सुनसरी क्षेत्र नं. १ का सभापति सुजेन्द्र तामाङ, धरान उपमहानगरपालिकाकी कार्यपालिका सदस्य सिर्जना नेपाल, धरान उपमहानगरपालिकाकी पूर्व उपमेयर मञ्जु भण्डारी सुवेदी र उहाँको घरमा डेर गरेर अध्ययन गर्दै गरेकी एक युवतीले इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगुलाई जाहेरी दिएका हुन् ।

जाहेरी दर्ता गर्नेहरुले तोडफोडमा संलग्न रहेकाहरुको स्पष्ट देखिने फुटेज, विभिन्न ठाउँमा रहेका सिसी क्यामेरालाई आधार बनाएर १३ जना भन्दा बढीको नाममा किटानी जाहेरी दिएका हुन्। जाहेरी दर्ता गर्नेहरुले अन्य ठाउँमा भन्दा धरानमा फरक ढंगबाट छानी छानी व्यक्तिको सम्पत्तिमाथि तोडफोड गरेको उल्लेख गरेका छन् । धरान उपहानगरपालिकाका पूर्व उपमेयर मञ्जु भण्डारी सुवेदीले धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईसँग नजिक रहेका व्यक्तिहरु संलग्न रहेको बताउदै आफूहरु स्थानीय सरकारबाटै असुरक्षित महसुस भएको बताउनुभयो ।

नेपाली काँग्रेसका कोशी प्रदेश महामन्त्री उमेश थापाले स्थानीय सरकारले सहानुभूतिको सट्टा पछिल्लो समय मेयरले संलग्नलाई बचाउ गर्ने खालका सामाजिक सञ्जालमा स्टाटस लेख्नु विडम्बना भएको बताउनुभयो ।

जाहेरी दर्ताका लागि कोशी प्रदेशका सांसदद्वय रमेश बस्नेत, विजयकुमार राई, नेपाली काँग्रेस, एमालेका नेता कार्यकर्ता उपस्थिति थियो । सो अवसरमा बोल्दै प्रदेश सांसद रमेश बस्नेतले अराजकत गतिविधि गर्नेहरुलाई हदैसम्मको कारबाही गर्नुपर्ने बताउनुभयो ।

जाहेरी दर्तापश्चात बोल्दै इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रकाश जवेगुले पूर्व मेयर मनोज मेन्याङ्बोको उजुरी पश्चात ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताउदै अहिले आएका जाहेरीमा समेत प्रहरी गम्भीर भएर कारबाही अगाडि बढाउने बताउनुभयो । उहाँले जेनजीको आन्दोलनपश्चात भएको यो घट्ना अपराधिक घट्ना भएको बताउदै दोषीलाई कारबाही गर्ने काममा लागि परेको र प्रहरीलाई सबैले मिलेर सघाउनुपर्ने बताउनुभयो ।


किटानी जाहेरी दिए पनि प्रहरीले कसकसको नाम दिएको र नियन्त्रणमा लिएकाहरुको समेत नाम खुलाउन चाहेको छैन । जाहेरी दिनेहरुले भदौ २३ र २४ गते भएको जेज-जीको आन्दोलन समाप्त भइसकेपछि छानी छानी व्यक्तिगत सम्पत्ति तोडफोड गरेकोले आन्दोलनको नाममा विध्वंसकारीहरुले रिसइवी साध्ने काम गरेको बताएका छन् । उनीहरुले घट्नामा संलग्नलाई हदैसम्मको कारबाहीको माग समेत गरेका छन् ।

छुटाउनुभयो कि ?

अपराध

संञ्चारकर्मी संञ्जीता धमला माथी हर्क साम्पाङ समर्थक महिलाहरुद्वारा आक्रमण

सञ्चारकर्मी संञ्जीता धमला माथी विपी कोईराला विज्ञान प्रतिष्ठान भित्र धरानको मेयर हर्क साम्पाङ समर्थक महिलाहरु द्वारा आक्रमण भएको समाजिक संञ्जाल
अपराध

संचारकर्मी धमला आक्रमणमा संलग्नता रहेको आरोपमा सृजना बेघा पक्राउ

बुधबार  बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा सञ्चारकर्मी सञ्जीता धमला माथी आक्रमण गरेको घटनामा संगलगनता भएको आरोपमा एक जना महिला पक्राउ