
धरान: मुलुकमा यतिबेला सर्वत्र चर्चा कालापानी र लिम्पियाधुराको भइरहेको छ । नेपाल दुई छिमेकी मुलुक भारत र चीनले उक्त स्थानबाट व्यापारिक नाकाको सम्झौता गरेपछि अहिले यो चर्चामा आएको छ ।
समय समयमा यो चर्चा चुलिदै जाने गरेको छ । तर सरकारी स्तरबाट यसको विरोध कमै भएको पाइन्छ । मुलुकका स्थानीय तहभन्दा धरान उपमहानगरपालिका फरक देखिएको छ । धरानका मेयर हर्कराज राई कालापानी, लिम्पियाधुरा, लिपुलेक नेपालको भूमि रहेको र अन्य देशले यो भूमिको प्रयोग गर्न पाइदैन भन्दै नेपालको झण्डा सहित धरानबाट भेडेटारसम्मको पैदल यात्रामा निकाल्नु भएको छ ।
स्थानीय सरकार भएपनि उहाँले व्यक्तिगत रुपमा आव्हान गर्नुभएको थियो । उहाँले आव्हान गरेको विरोध कार्यक्रममा जो पनि सामेल हुन सक्ने आशय व्यक्त गर्नुभएको थियो ।
धरान १८ देखि भेडेटारसम्मको पैदल यात्रा सुरु गर्नुभएका उहाँले नेपाली पोसाकसहित राष्ट्रीय झण्डाबोकेर सिमाना मिच्न पाईदैन, छिमेकीलाई हेप्न पाईन्दैन भन्ने नारा लेखिको प्लेकार्ड सहित विरोध गर्नु भएको छ।
मेयर राईसँगै प्लेकार्ड नै बोकेर करिब २०–२५ जनाको समूह कालापानी, लिम्पुयाधुरा तथा लिपुलेक भूमिमा कसैको अधिकार नहुने भन्दै साँकेतिक विरोधमा सहभागी भएका थिए । कालापानी, लिम्पियाधुरा, लिपुलेक सन् १९५४ देखि नै भारतले हकभोग गर्दै आएको छ । यही विषयमा संसदबाट चुच्चे नक्सा पास समेत भएको थियो ।