समाज

चो?लुङ पार्कको ऐतिहासिकतालाई उजागर गर्न पार्कमा सिरिजङ्गा पाण्डुलिपि विज्ञानालय स्थापना हुने


धरान: कोशी प्रदेशकै पर्यटकीय स्थल तेह्रथुम जिल्लाको लाली गुराँस नगरपालिका वडा नं. २ मा निर्माण भएको चो?लुङ पर्कको ऐतिहासिकतालाई उजागर गर्न पार्कमा सिरिजंङ्गा पाण्डुलिपी विज्ञानालय स्थापना हुने भएको छ ।
विज्ञानलय स्थापनाका लागि लाली गुराँस नगरपालिकाले तयारी गरिरहेको अवस्थामा मेयर अर्जुनबाबु मावुहाङले विज्ञसंग राय सल्लाह सुझावका लागि ठाउँ ठाउँमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै आइरहनु भएको छ ।
केही समय अगाडि राजधानी काठमाण्डौमा विज्ञ सम्मिलित अन्तरिक्रया कार्यक्रम सम्पन्न पछि शनिवार सुनसरीको धरानस्थित रत्न इन होटलमा अन्तरक्रीया कार्यक्रमको आयोजना गरिएको थियो । उहाँले उल्लेख गरेको कार्यपत्रमा युमा सङ्ग्रहालय नामकरण भइसकेको उल्लेख गर्नुभएको थियो । उहाँले सिरिजङ्गा पाण्डुलिपिको ऐतिहासिक पृष्ठभूमिबारे पनि चर्चा गर्दै वि.सं. १८८० सालतिर दाार्जिलिङबाट सिरिजङ्गा लिपिको प्रयोग सुरु भएको स्पष्ट पार्नुभएको थियो ।

कोशी प्रदेश सरकारले दुई वटा भाषालाई सरकारी कामाकाजी भाषा बनाउने कुरा संसदमा पेश भएको छ । संसदमा पेश गरिएको भाषामा किरात सिरिजंङ्गा लिपी नामकरण गर्ने भनिए पनि अन्तरक्रियामा अधिकांश लिम्बु जातिकै अग्रजहरुले किरात आयातित शब्द भएको र सिरिजंगा लिपीमात्र नामाकरण हुनुपर्ने तर्क राखेका थिए ।
कार्यक्रममा लालीगुराँस नगरपालिकाका प्रमुख तथा लिपिका अध्येतासमेत रहनु भएका अर्जुनबाबु माबुहाङले चो?लुङ पार्क र त्यहाँ राख्न लागिएको सिरिजङ्गा लिपिको विषयमा भएको खोजबारे कार्यपत्र प्रस्तुत गरेपछि सोही विषयमा विज्ञहरुद्वारा अन्तरिक्रया गरिएको थियो ।

कोशी प्रदेश प्रमुख पर्शुराम खापुङको उपस्थितिमा उहाँले प्रस्तुत गर्नुभएको कार्यपत्रमा चो?लुङ पार्क ‘प्राप्ति र मुक्ति’ को प्रतीक भएको उल्लेख गदै पार्कको उद्देश्य जलवायु परिवर्तनको जोखिम न्यूनीकरण, लिम्बू संस्कार–संस्कृति संरक्षण र पर्यटन प्रवद्र्धन रहेको जानकारी कार्यपत्रमा उल्लेख गर्नुभएको थियो ।

छलफलपश्चात कोशी पदेश प्रमुख खापुङले लाली गुराँस नगरपालिकाका प्रमुख अर्जुनबाबु मावुहाङले परिकल्पना गरेको सिरिजंङ्गा पाण्डुलिपी विज्ञानालय स्थापनाले चो?लुङ पार्कको ऐतिहासिकतासँगै सिरिजंगा लिपीको विषयमा जानकारी हुने बताउदै उहाँको परिकल्पना अत्यन्तै सुन्दर भएको प्रतिक्रिया दिनुभएको थियो ।

यस्तै प्रदेशसभा सदस्य विदुर लिङ्थेपले कोशी प्रदेशमा दुई वटा भाषालाई सरकारी कामकाजका भाषका रुपमा अगाडि बढाइएको जानकारी दिँदै अहिले यहाँ सिरिजंङ्गा लिपीका विषयमा किरात शब्दमाथि धेरैलाई विमति भएको पाइएको बताउनुभयो । संसदबाटै पारित हुन लागेको किरात सिरिजंङ्गा लिपीका विषयमा उहाँले शब्दको पछाडि नलागी भएको उपलब्धीलाई आत्मसात गरेर पछि यसलाई छलफलमा राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो–‘कसैलाई भोग लागेको छ, खाना तयारी अवस्थामा आयो, तर हामी अझ मिठो खाना खोज्न गयौ भने आएको खाना पनि गुम्ने खतरा हुन्छ, यो कुरामा हामीले मनन गर्नुपर्छ’ भन्ने वाक्यांस प्रयोग गरेर विवादित कुरामा मिलेर जानुपर्नेमा जोड दिनुभएको थियो ।

अन्तरिक्रया कार्यक्रममा प्रदेशकी पूर्व मन्त्री खिनु लिम्बू, पूर्व संघीय सांसद मीना सुब्बा, उत्तम लिङ्थेप र डा. कमल तिगेलालगायतको उपस्थिति रहेको थियो । अन्तरक्रियामा ताजुव लिम्बू, जेन्टल किरातीलगायतले आफ्नो धारणा राख्नु भएको थियो । अन्तरक्रीयमा ताजुव लिम्बूले पार्कको स्थापना गर्नु अत्यन्तै राम्रो कुरा भएको बताउदै विज्ञानालयमा युमा सङ्ग्रहालयसँगै सिरिजङ्गा लिपि समावेश गरिनु सकारात्मक कार्य भएको बताउनुभएको थियो ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले