स्वास्थ्य/जिवनशैली

मधुमेह भएका बालबालिकालाई निःशुल्क उपचारसँगै औषधि वितरण


धरान: उमेर ढल्केका र युवा पुस्तालाई मात्र हैन अहिले बालबालिकामा समेत मधुमेह रोग विकराल रुपमा बढदै गएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्र अहिले सैयौ जना बालबालिकाले मधुमेहको उपचार गराइरहेका छन् । अहिले बालबालिकाको मधुमेहको समस्या विकराल हुदै गएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बालरोग विशेषज्ञ डा. अरुण सिंहको नेतृत्वमा सहयोग जुटाएर पीडित बालबालिकालाई निःशुल्क उपचारसँगै औषधि वितरण गर्दै आउनु भएको छ ।

विगतमा अन्य चिकित्सकहरुले समेत गर्दै आएको यो कार्यक्रमलाई डा. अरुण सिंहले पनि निरन्तरता दिनु भएको हो । सातामा एक पटक अर्थात प्रत्येक बुधबार निःशुल्क स्वास्थ्य परीक्षणसँगै पीडित बालबालिालाई डाइवेटिजको लोजेस्टिक ग्लुकोमिटर लगायतका आवश्यक औषधिहरु विभिन्न दातासँग अनुरोध गरेर वितरण गर्दै आएको बालरोग विशेषज्ञ डा. अरुण सिंहले बताउनुभयो ।

अहिले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जन्मेदेखि १६ बर्ष पुगेका बालबालिकामा टाइप एक र टाइप दुई दुवै प्रकारका मधुमेह भएका १ सय ५ जना विरामी उपचारमा आउने भएपनि बुधबार भने १६ जनालाई उपचारसँगै औषधि वितरण गरिएको डा.सिंहले जानकारी दिनुभयो ।

उहाँले बालबालिकाममा पेनक्रियाजले इन्सुलिन्स बनाउने प्रक्रियामा अवरोध हुदा हुुदा मधुमेहको समस्या देखिने बताउदै टाइप २ औषधिबाट नियन्त्रण गर्न सकिए पनि टाइप १ का विरामीलाई भने इन्सुलेन्स नै प्रयोग गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

विगतमा शिक्षाध्यक्ष प्रा.डा सञ्जिव शर्मासँगै त्यसपछि प्रा.डा गौरीशंर रौनियारले १० बर्ष अगाडि सञ्चालन गरेको यो कार्यक्रमलाई डा. अरुण सिंहले निरन्तता दिँदै आउनु भएको हो ।

यो कार्यक्रमले बालबालिकाको उपचारमा सहज भएको सेवाग्राहीले बताएका छन् । झापा जिल्ला शिवसतासी धाम ५ का एक अभिभावकले सानै उमेरमा मधुमेह भएका आफ्ना नानीको निरन्तर उपचारपछि स्वास्थ्यमा राम्रो भएको बताउनु भएको छ । अहिले १२ कक्षामा अध्ययनरत आफ्नो नानीलाई शुरुमा सघन उपचार कक्षमै राखेर उपचार गराउदा केही शुल्क तिरेको भएपनि नियमित चेकजाँचका क्रममा औषधी र उपचारमा कुनै शुल्क नलागेको उहाँको भनाई छ ।

उपचारमा सहजता प्रदान गर्नकै लागि यो कार्यक्रम आयोजना गरिएको सिंहको भनाई छ । यसले मधुमेह भएका बालबालिकाको उपचारमा सहजतासँगै स्वास्थ्य उपचारपश्चात जीवन यापनमा समेत सहजता भएको उपचारमा आएका बालबालिकाका अभिभावकहरुले बताएका छन् ।

छुटाउनुभयो कि ?

धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।
धरान विशेष स्वास्थ्य/जिवनशैली

विपी प्रतिष्ठानका चिकित्सकहरूको सामूहिक राजिनामा 

विपि प्रतिष्ठान धरानका १सय ७७ जना शिक्षक लगायत चिकित्सकहरु द्वारा सामूहिक राजीनामा प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको छन । प्रतिष्ठानका