
धरान: धरान उपमहानगरपालिकाको बजार अनुगमन शाखाले सरोकारवाला पक्षसँग समन्वय गरेर आज धरानका मासु पसलहरुमा अनुगमन गरेको छ ।
अनुगमनका क्रममा अनुगमनकर्ताहरुले विगतकै जस्तो लापारबाही ढंगबाट मासु पसल सञ्चालन गरेको पाइएको थियो । पटक पटक अनुगमन गर्दा पनि व्यपस्थित मासु पसल सञ्चालनमा कसैले ध्यान दिएको पाइएको थिएन ।
विभिन्न समयमा अनुगमन गर्ने अख्तियारी पाएको निकायले बजार अनुगमन गरे पनि सुधारको पाटो भने शून्य झै देखिएको छ । धरान उपमहानगरपालिकाको बजार अनुगमन शाखाले धरानका विभिन्न व्यवसायिक फर्म तथा मासु पसलहरुमा अनुगमन गर्दा मासु पसलमा डिफ्रिज नभएका तथा व्यस्थित बद्शालो पाइएन भने अन्य व्यवसायिक फर्ममा म्याद गुज्रिएका, सरसफाई नगरिएका तथा व्यवसायिक प्रमाणप दर्ता नगरेको पाइएको उपमहानगरपालिकाको बजार अनुगमन शाखाका अधिकृत वेदप्रसाद सापकोटाले जानकारी दिनुभयो । उहाँले मासु व्यवसायीहरुलाई सचेतना कार्यक्रम सञ्चालन गरेर मापदण्ड अनुसार पसल सञ्चालन गर्ने पहलम धरान उपमहानगरपालिका लागेको बताउनुभयो ।
विगतमा चाडपर्वमा मात्र हुने मासु पसलको अनुगमन यस बर्ष भने अन्य दिनमै भएको छ । विगतमा समेत चाडपर्व अर्थात दशै तथा तिहारको समयमा मासु पसल अनुगमन हुने गरेको थियो । त्यसबेला मासुव्यवासयी संघका तत्कालीन अध्यक्ष मदन तामाङसहितको टोली अनुगमनमा सहभागि थिए । २०७३ सालमा गरिएको अनुगमन पश्चात मासु व्यवायीहरुले मापदण्ड अनुसारको पसल सञ्चालनमा संघले पहल गर्ने भनिए पनि अहिले अनुगमन गर्दा समेत उस्तै देखिएको छ ।
धरान मासु व्यवसायी संघ धरानले २०७३ साल पुष २८ गते धरान उपमहानगरपालिका, जिल्ला पशु कार्यालय सुनसरी, विभिन्न उपभोक्तावादी संघ संस्था, खाद्य प्रविधि क्याम्पस हात्तीसारका खाद्य प्राविधिकहरुसंग गरेको सर्वपक्षीय छलफलपश्चात धरानमा सञ्चालनमा रहेका अव्यावस्थीत मासु पसललाई क्रमशः सुधार गर्दै लाने बताएका थिए् । धरान उपमहानगरपालिका क्षेत्रका मासु पसलहरु संघमा आवद्ध हुनुपर्ने, प्रत्येक हप्ता आइतबार धरानमा सम्पूर्ण मासु पसल बन्द गर्ने, तोकेको स्थानमा मात्र वधशाला तथा पसल सञ्चालन गर्नुपर्ने, मासु पसल तोकिएको मापदण्ड अनुरुप हुुनुपर्ने, उपभोक्ताको स्वास्थ्यप्रति उपभोक्ता गम्मीर बन्नुपर्ने, मासु व्यवसायीसंग सम्बन्धित कृषकहरुको हितलाई मध्यनजर गरी मासुको मूल्य निर्धारण गर्ने लगायतका कार्यलाई अगाडि बढाउदै धरानका मासु पसलहरुलाई व्यवस्थित गर्ने उद्देश्यका साथ मासु व्यवसायी संघले मदनकुमार तामाङको संयोजकत्वमा ११ सदस्यीय समिति समेत गठन गरेको थियो।
यतिका बर्ष वितिसक्दा पनि न त अनुगमनकर्ताहरुले व्यवस्थित मासु पसल सञ्चालनमा कडाइका साथ लागू गरेको छ न त अव्यवस्थित मासु पसलका व्यवसायीहरुलाई व्यवस्थित बनाउनेतर्फ ध्यान दिएको छ । त्यसबेला धरान नगर क्षेत्रभित्र माइकिङ गर्ने, प्रचारप्रसार गर्ने कार्यलाई तिब्रता दिदै धरानमा सञ्चालन भएको सम्पूर्ण मासुपसलहरुलाई दर्ता प्रक्रियामा ल्याई सबै पसलहरुलाई पशु बधशाला तथा मासु जाच ऐन नियमावली २०५५ लाई पूर्ण कार्यान्वयन गर्न तोकेको मापदण्डलाई पूरा गराउन सक्रिय रहने लगायतका कुराहरुमा सर्वसक्षीय छलफल भइ कार्यान्वन पक्षमा जोड दिने भनिए पनि ९ बर्षपछि आज गरेको धरान उपमहानगरपालिकाको अनुगमन शाखाको अनुगमनमा समेत सुधारको पाटो भने शून्य भएको पाइएको छ ।