
पान्थर: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को पाँचथर सदरमुकाम फिदिममा सोमबार सम्पन्न तेस्रो प्रादेशिक महाधिवेशनले विजयबोध लाओतीको अध्यक्षतामा १९ सदस्यीय नयाँ प्रदेश कार्यसमिति निर्वाचित गरिएको छ।
नव निर्वाचित प्रदेश कार्य समितिको उपाध्यक्ष खनेन्द्र कुमार राई (अर्जुन), सुप्रिया राई, महासचिव लीला बहादुर सुनुवार, सचिव रामचन्द्र तामाङ, दिल बहादुर राई र कोषाध्यक्ष सन्दिप याम्फु निर्वाचित भएका छन्।
सदस्यहरुमा अरुण कुमार राई, अजय सन्तोषी राई, कृष्ण फुरुम्बो, मौसम सम्बाहाम्फे, रमिला दनुवार, मेनुका डुम्जन तामाङ, निशा राई, अमित तामाङ, जयराम पूर्वछाने मगर, श्रवण चौधरी, निश्चल राजभण्डारी र नेत्रकुमार सुनुवार निर्वाचित भएका छन्। लेखा समिति संयोजकमा प्रेम देवान, सदस्य अनिलदेव राई, अनुशासन समिति संयोजक ब्रहमलाल हजारी र सदस्य अशोक गुरुङ निर्वाचित भएको निर्वाचन समिति संयोजक दिपीन राईले जानकारी गाराएको थियो ।
उक्त कार्यक्रमको प्रमुख अतिथि प्रदेश १ का पूर्व भौतिक पुर्वाधार योजना मन्त्री माननिय कमल प्रसाद जवेगु, विशिष्ठ अतिथि फोनिज संघीय अध्यक्ष गजुरधन राई, संघीय प्रतिनिधि विश्वराज तामाङ, अग्रज पत्रकार एवं फोनिजका पुर्व संघीय सल्लाहकार संजय सन्तोषी राई, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्यद्धय लवदेव ढुङ्गगाना, माला पालुङ्गा, प्रदेस १ का अध्यक्ष भरत खड्का, महासचिव हिमा चेम्जोङ, जिल्ला समन्वय समिति पान्थरका उपप्रमुख यामकुमार आङबो, फिदिम नगरपालिकाका उप–प्रमुख राधाकृष्ण न्यौपाने, फाल्गुनन्द गाउँपालिकाका उपाध्यक्ष ठाकुरसिंह नेम्वाङ्ग, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पान्थरका अध्यक्ष सागर केरुङ, नेपाल पत्रकार महासंघ पान्थरका अध्यक्ष भीमकुमार बास्कोटा लगायतको उपस्थीती रहेको थियो। उक्त महाधिवेशनले दश बुँदे फेदेन पान्थर घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।
        
                        
                        
                                
                        
                        
                        
                        
                        
                            
