धरान : कौडिन्य गोत्रीय आचार्य महिला समाजको तेस्रो साधारण सभाले मेनुका आचार्यको अध्यक्षतामा तेह्र सदस्यीय कार्यसमिति सर्वसम्मतले चयन गरेको छ ।
समितिको उपाध्यक्ष मा इश्वारा आचार्य , सचिवमा कामना आचार्य , कोषाध्यक्षमा सुनिता आचार्य , सहसचिवमा मुना आचार्य र सदस्यहरुमा गंगा आचार्य , दीपा आचार्य , मञ्जरा आचार्य , रजनी आचार्य (क), एलिशा आचार्य , अन्जना आचार्य , रजनी आचार्य (ख) र शान्ता आचार्य रहनु भएको छ । सोही भेलाले संस्थापक अध्यक्ष अम्बिका आचार्यलाई केन्द्रीय संरक्षक , श्यामा रेग्मीलाई वरिष्ठ सल्लाहकार र भिमा आचार्य , राधा आचार्य , सरिता आचार्य , शान्ता आचार्य र अम्बिका आचार्य ( धरान -६) लाई सल्लाहकारमा चयन गरेको छ।
कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य यशोधा कायस्थ रहनु भएको थियो भने सभापतित्व समाजको संस्थापक अध्यक्ष अम्बिका आचार्यले गर्नु भएको थियो । धरान र इटहरीका विभिन्न संघ संस्थालाई नेतृत्व गर्नु भएको अग्रणी महिलाहरुको उल्लेख्य उपस्थिति भएको उक्त कार्यक्रम मेनुका आचार्यले सञ्चालन गर्नु भएको थियो । सो कार्यक्रममा सम्पूर्ण अतिथिहरु र सहभागीहरुलाई मन्तव्यद्वारा स्वागत निरजा आचार्यले गर्नुभएको थियो ।
कार्यक्रममा श्यामा रेग्मी , विकास आचार्य , लोकेन्द्र आचार्य , टोम प्रसाद आचार्य , लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो भने प्रमुख अथिति यशोधा कायस्थले समाजलाई हौसला प्रदान गर्दै आफ्नो हर तरहले सहयोग रहने बताउनु हुँदै महिलाहरुलाई अगाडि बढेर सामाजिक कार्यमा अग्रसर हुन आव्हान गर्नुभएको थियो । संस्थापक अध्यक्ष अम्बिका आचार्यले आफूले नेतृत्व गरेर हुर्काएको संस्थालाई नयाँ नेतृत्वले सफलताको उचाई सम्म पुर्याउनको लागि काम गर्ने विश्वास गरेको बताउँदै आगामी दिनमा पनि आफ्नो सल्लाह र सुझाव एबं संस्था प्रतिको दायित्व पूरा गर्न कुनै कसर बाँकी नराख्ने बताउनु भयो ।
आजै नव निर्वाचित कार्यसमितिको सपथ ग्रहण पनि भएको थियो ।