इटहरी: घर भित्र मात्रै नभएर बाहिर समाज परिवर्तनमा पनि महिलाको आवश्यक रहेको इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलले बताउनु भएको छ। ३३ औ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान समापन कार्यक्रममा बोल्दै सो कुरा बताउनु भएको हो।
मंसिर ८ देखि सुरु भएको ३३ औ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान आज सम्पन्न भएको छ ।‘ हामी सबैको प्रतिबद्धताः लैंगिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने राष्ट्रिय नाराका साथ यस बर्षको ३३ औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान आज मङलबार सम्म्पन भएको हो ।
इटहरी उपमहानगरपालिकाले बिभिन्न सरोकारवाला संस्थाहरुसंगको समन्वयमा विभिन्न कार्यक्रम सहित महिला मैत्री फुटसल खेलकुद प्रतियोता समेत आयोजना गरेको थियो । अभियानको अन्तिम दिन मानव अधिकार दिवसको अवसरमा अन्तरक्रिया तथा फुटसल प्रतियोगिताका सफल टिमलाई नगद सहित समान कार्यक्रम गर्दै हरेक क्षेत्रमा महिलाको पहुच पुर्याउनु यश नगरको उदेश्य रहेको उपमहानगर प्रमुख हेमकर्ण पौडेलले जानकारी दिनु भयो।
समापन कार्यक्रममा फुटसल प्रतियोगितामा इटहरी उपमहानगर पालिका टिमले इलका प्रहरी कार्यलय इटहरीलाई हराउदै प्रथम पुरस्कार र नगद पाउदै गर्दा भोजपुर जिल्लाकि उदयमान महिला खेलाडि आकृति राई म्यानफदि म्याच घोषित भएकि थिइन । सोही क्रममा इटहरी उपमहानगर प्रमुख पौडेलले नेपालको संविधानमा महिलाको हकको छुट्टै व्यवस्था गरेको भए पनि अझै महिला हिंसामा कमी आउन नसकेको बताउदै यश प्रतियोगिताले महिलाले घर भित्र मात्रै नभएर बाहिर समेत एक उत्कृष्ट प्रदर्शन गर्न सक्ने उदाहरण यश खेल बाट भएको बताउदै नेपालको संविधान २०७२ र संविधानको धारा ३८ को महिलाको हक कार्यान्वयन गर्नुपर्ने, राज्यले अन्तर्राष्ट्रियस्तरमा जनाएको प्रतिबद्धता तथा कानुनको प्रभावकारी कार्यान्वयन गर्न यश प्रतियोगिताले थप मदत पुग्ने बताउनु भएको ।