धरान-१२ स्थित सुनाखरी एकेडेमीले करातेमा ९ स्वर्ण र २ रजत प्राप्त गर्ने बिद्यार्थीहरुलाई सम्मान गरेको छ।
स्कुलको प्राङ्गणमा विशेष कार्यक्रम आयोजना गरेर सुनाखरीले बिद्यार्थीहरुलाई सम्मान गरेको हो। स्कुलका प्रीन्सिपल मिलन कुमार राई, निर्देशक प्रदिप कुमार राई, प्लस टु कोअर्डिनेटर टप कुमार राई लगायतले बिद्यार्थीहरुलाई अबिर र खदा लगाएर सम्मान गरे।
गोरखा हिल कराते एन्ड किक बक्सिङ एसोसियसन कालिम्पोङ्ले गत सेप्टेम्बर २१ र २२ गते भारतको कालिम्पोङमा आयोजना गरेको तेश्रो इन्डो-नेपाल कराते च्याम्पियनसिप-२०२४ मा सुनाखरीका बिद्यार्थीहरुले सो सफलता प्राप्त गरेका थिए।
निमा डोल्मा तामाङले ३ स्वर्ण र बेस्ट फाईटरको उपाधी प्राप्त गरिन। सलिना योगिले ३ स्वर्ण, वर्षा राईले २ स्वर्ण र १ रजत, चारु र देम्छुङ राईले क्रमश: १ स्वर्ण र १ रजत प्राप्त गरेका थिए।
सुनाखरीका बिद्यार्थीहरुले करातेमा पाएको सफलताले हर्षित तुल्याएको प्रीन्सिपल मिलन राईले बताए। स्कुलको प्रतिनिधित्व गरि कुनै पनि बिधामा सफलता प्राप्त गर्ने बिद्यार्थीहरुलाई प्रोत्साहन गर्नको लागि सम्मान गरिएको प्रीन्सिपल राईले बताए।