धरान: विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति डा. ज्ञानेन्द्र गिरीले विपि प्रतिष्ठानमा उपचारमा आउने बिरामीहरुको उपचारमा सहजताको लागि ३ महिना भित्रमा आईसियुको बेड बढाएर १ सय ५० पुराउने बताउनु भएको छ।
आज सोमबार विपि प्रतिष्ठानको ३१ औं बार्षिक उत्सब र विश्वेश्वर प्रसाद कोईरालाको १११ औं जन्म जयन्तीको अवसरमा विपि प्रतिष्ठान धरानमा आयोजित कार्यक्रममा बोल्दै सो कुरा बताउनु भएको हो।
उहाँले विपि प्रतिष्ठानमा जनताले भरोसा गर्ने र जनताको बाँच्न पाउने अधिकार आत्मसाथ गर्दै यहाँ आउने बिरामीले आईसियु बेड नपाउने समस्याको समधानमा आफ्नो टिम लागेको बताउनु भयो
४ सय शैय्याको मातृ शिशु अस्पताल छिटै सुचारु हुने
विपी प्रतिष्ठानको ३१ औं बार्षिकोत्सव तथा १११ औं वी.पी. कोइराला जयन्तीको अवसरमा उहाँले मातृ शिशुको विशेषज्ञ उपचार सेवा प्रदान गर्नका लागि ४ सय शैय्याको मातृ शिशु उपचार केन्द्र निर्माण कार्य थालनी पूर्ण रुपमा अग्रसर भई आगामी कार्तिक २६ गते दिक्षान्त समारोहमा उद्धटान गर्ने बताउनु भयो।
विपी प्रतिष्ठानमा १५० शैय्याको अस्पतालबाट विकास एवं विस्तार हुदै हाल प्रतिष्ठानमा ९१३ शैय्या रहेको र पैसाको अभावमा कुनैपनि नेपाली स्वास्थ्य उचारबाट बञ्चित हुन् हुदैन भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै स्थापना भएको यस प्रतिष्ठान स्थापनाको दिनबाट आजको अवस्थामा आई पुग्दा सम्म आफ्नो उद्देश्य अनुरुप स्वास्थ्य क्षेत्रका दक्ष जनशक्ति उत्पादन गर्ने, स्वास्थ्य क्षेत्रका बिभिन्न नविनतम आयामहरुमा खोज तथा अनुसन्धान गर्ने र गुणस्तरिय सेवा प्रदान गर्ने कार्य गर्दै आएकोले प्रतिष्ठान राष्ट्रिय स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो परिचय स्थापित गर्न सफल भएको उपकुलपति डा. गिरीले बताउनुभयो ।
वि.सं. २०५० श्रावण १ देखि तत्कालिन पूर्वाञ्चल क्षेत्रीय अस्पताल प्रतिष्ठान मातहतमा समाहित भए पश्चात् नेपालको कोशी प्रदेश र मधेश प्रदेश लगायत छिमेकी मित्रराष्ट्र भारतको सीमावर्ती क्षेत्र विहार, बंगालका सर्वसाधारण जनताहरुलाई समेत गरी दैनिक ३५ सय देखि ४ हजार विरामीहरुलाई गुणस्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गरि रहेको उपकुलपति गिरिले बताउनुभयो ।
नेपालमै दोस्रो र उपत्यका बाहिर पहिलो अत्याधुनिक प्रविधिको २ सय ५६ स्लाइसको सिटि स्क्यान मेशिन खरीद एवं जडान भई संचालनमा रहेको छ । हाल मुटु रोगको उपचारका लागि क्याथ ल्याब एवं मुटुको शल्य चिकित्सा सेवा उपलब्ध छ ।
क्यान्सर रोगका उपचारका लागि २ सय वेडको ओन्कोलोजी सेन्टर र मुटु रोगको उपचारका लागि २ सय वेडको कार्डीयोलोजी सेन्टर निर्माण कार्य सुचारु गर्ने प्रक्रियाका लागि संचालक परिषद्को ४५ औं सभाबाट निणर्य भए अनुरुप समिति गठन भई प्रतिवेदन तयार पारी संचालक आगामी बैठकबाट प्रक्रिया सुचारु गर्न बजेट सुनिश्चितताका लागि नेपाल सरकारसँग आवश्यक पहल गरिएको उहाँले बताउनुभयो ।
इमर्जेन्सी उपचार सेवाका लागि आवश्यक संख्यामा प्यासिन्ट मोनिटर जडान गरि इमर्जेन्सी सेवा स्तरोन्निति गरिएको छ भने निर्माणाधिन भवनको निर्माण कार्य सम्पन्न गराई अक्सिजन पाइप लाईन सहितको थप ३० वटा जेनरल बेड तथा ४ वटा आइसियु, एचडियु वेड राख्ने योजना सहित इमर्जेन्सि सेवाको विस्तार गरिएको बताउनु भयो ।
जनतालाई सेवा दिन बिमा सेवा सुचारु गरी जनतालाई उधारोमा सेवा दिई बीमाबाट प्राप्त गर्नु पर्ने रकम ५३ करोड पुगेको छ, यस्तो अवस्थामा शिक्षक तथा कर्मचारीहरुको तलब कसरी खुवाउने भन्ने चिन्ताको विषय बनेकोले यसको लागी सम्बन्धित निकायहरुले चाँडो मिलाईदिनुहुन उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. विवेकानन्द झा, विपी प्रतष्ठिाको शिक्षाध्यक्ष अस्पताल निर्देशक, डीन, चिफ, विभागिय प्रमुखहरु, विभिन्न राजनितिक दलका प्रतिनिधिहरु, समाजसेवीहरु लगायत, विपी प्रतिष्ठानका डाक्टर नर्सको उपस्थिति रहेको थियो ।
भिडियो पनि हेर्नुस: